
धादिङबाठ टिकटक बनाउने महिला पक्राउ, गरेकी थिईन अनौठो हर्कत सबै चकित
July 5, 2021 39
16
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिला पक्राउ परेकी छिन् ।
जिल्ला वन कार्यालयबाट खटिएको टोलीले धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने लमजुङकी ४० वर्षीया महिला कल्पना शाखीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी शाखीलाई वन कार्यालयको टोलीले अवैध वन्यजन्तुको शिकार गरेको मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको प्रहरीले जनाएको छ ।
यस्तै, धादिङमा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्यांक अनुसार आज गंगाजमुनाका ७, त्रिपुरासुन्दरी, सिद्धलेक र धादिङ अस्पतालमा ६६ जना, नेत्रावती डवजोङका ४, नीलकण्ठका ३, गजुरीमा ३, ज्वालामुखीमा २, धुनिबेशीका २ गल्छीका १ जना गरी आज जिल्लाका ४० जनाका कोरोना पोजिटिभ देखिएको छ ।
संक्रमित मध्ये ४७४ जना जिल्ला भित्र र २८ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ९ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा १०८ जना डिस्चार्ज भएसँगै जिल्लाभर हालसम कोरोनामुक्त हुनेको सङ्ख्या ६ हजार ३९३ पुगेको छ भने सक्रिय केश ५०२ रहेको छ ।
जिल्ला भित्र अस्पतालको आइसोलेसनमा ८, संस्थागत आइसोलेसनमा १९ र होम आइसोलेसनमा ४४७ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर अस्पतालको आइसोलेसनमा ६ र होम आइसोलेसनमा २२ जना रहेका छन्।