शनिबार २३ मंसिर २०८०

काठमाडौं,

: लियोनेल मेसीको बार्सिलोनासँगको सम्झौता सकिएको छ । जुन महिनासम्म रहेको सम्झौता सकिएपछि अब मेसी कुनै पनि क्लबमा नि:शुल्क रुपमा (फ्री-ट्रान्सफर) मा जानसक्ने भएका छन् ।

recommended by
Mgid
Mgid

RAID: SHADOW LEGENDS
Realistic Game For Men
LEARN MORE
विश्वकै उत्कृष्ट फुटबलर मेसीसँग बार्सिलोनाले समयमा नै सम्झौता नवीकरण गर्न नसकेपछि अब मेसीको बार्सिलोनामा भविष्य के हुन्छ भन्ने कौतुहलता बढेको छ ।

मेसीको बार्सिलोनाको २१ बर्षको सम्बन्ध के हुने भन्ने विषयमा फुटबल प्रेमीबीच चासोको विषय बनेको छ । हाल कोपा अमेरिका खेलिरहेका मेसी अहिले राष्ट्रिय टिमको प्रदर्शनमै केन्द्रित रहेको मिडिया रिपोर्टमा बताइएको छ । मिडिया रिपोर्टका अनुसार सम्झौताको अवधि सकिएपनि बार्सिलोनाको व्यवस्थापन भने अझै पनि मेसी क्लबमै रहनेमा विश्वस्त रहेको छ । मेसीको सम्झौता नवीकरण गर्ने मुख्य मुद्धा अगाडी सारेर बार्सिलोनाको अध्यक्ष बनेका जोन लापोर्टालाई पनि सम्झौताको मिति सकिदै गर्दा सम्झौता नवीकरण हुन नसक्नुलाई उनको असफलताको रुपमा हेरिएको छ ।

मेस्सी अर्को सिजनमा कुन क्लबमा हुनेछन् भन्ने विषयमा अड्कलबाजी भइरहँदा उनी बारम्बार पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग जेडिँदै आएका छन् । केही साता अघि मात्रै पनि पीएसजीका स्टार फरर्वाड नेयमारले अर्को सिजन मेस्सीसँग एउटै क्लबमा खेल्ने ईच्छा रहेको बताएका थिए ।

मेस्सी पीएसजी जान सक्ने हल्ला चलिरहँदा भर्खरै फ्रेन्च च्याम्पियनको जिम्मेवारी सम्हालेका माउरिसियो पोचेटिनोले आफ्नो क्लबमा उच्चस्तरीय खेलाडीलाई सधै स्वागत गरिने बताएका छन् । उनले मेस्सीको नाम नलिइकनै विश्वस्तरीय खेलाडीहरूका लागि पीएसजीको ढोका सधै खुल्ला रहेको बताएका छन् ।

‘विभिन्न हल्ला चलिरहन्छन् । त्यसमा मेरो कुनै टिप्पणी छैन । तर जो सुकै विश्वस्तरीय खेलाडी पीएसजी आउन चाहे उनीहरूलाई स्वागत गर्न हामी तयार छौं,’ मेस्सी पीएसजी आउने हल्लाका विषयमा सोधिएको प्रश्नमा उनको प्रतिक्रिया थियो, ‘पीएसजी विश्व फुटबलमा ठूलो क्लब मध्येको एक हो ।

त्यसकारण, विभिन्न खेलाडीहरू हाम्रो क्लबसँग जोडिन्छन्, जुन स्वभाविक हो,’ पेरिसमा कतारीको लगानीमा सञ्चालित क्लबमा जर्मन प्रशिक्षक थोमस टुचेलको ठाउँमा आइपुगेका पोचेटिनोसँग नेयमार र किलियिन एमबाप्पे जस्ता विश्वस्तरीय खेलाडी भए पनि मेस्सी अनुबन्धन हुनसक्ने हल्ला निरन्तर चलिरहेको छ ।

मेस्सीले पछिल्लो समया आफ्नो भविष्यका बारेमा कुनै पनि टिप्पणी नगरे पनि उनी पीएसजी वा म्यानचेस्टर सिटी जानसक्ने बताइदै आएको छ । ६ पटक बालोनडोर जितेका फरर्वाडले बार्सिलोनामा तलबका रूपमा ठुलो रकमपाउने भएकाले त्यही स्तरको तलब पीएसजी वा सिटी बाहेकका क्लबले प्रस्ताव गर्न नसक्ने विश्लेषकहरूको बुझाई छ ।


Last Updated on: July 5th, 2021 at 11:49 am
२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया