
बैतडीको सिगासा गाउँपालिकाका एक कर्मचारी बाटोमै मृत फेला
July 5, 2021 11
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बैतडी– बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी सडकमै मृत अवस्थामा भेटिएका छन् ।\
प्रहरीका अनुसार सिगासा गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीका अनुसार भर्खरै नयाँ नियुक्त पाएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला आइतबार अपराह्न साढे ४ बजे सिगास – २ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन् ।
गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अचानक पेट दुख्यो भनेर अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५०० मिटर वर आउँदा एक्कासी ढलेको बताइएको छ ।
भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् ।
विपक्षी दलहरूले संसद् पुनर्स्थापनालगायत माग राखेर यसविरुद्ध सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाइ जारी छ। तर, आयोगले भने सरकारको निर्देशनअनुसार भन्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ