शुक्रबार १५ मंसिर २०८०

जुम्ल्याहाको जीवनमा धेरै कुराहरुमा समानता हुन्छ । तर, क्यालिफोर्नियाका एकैपटक जन्मिएका तिम्ल्याहा दिदीबहिनीको जीवनमा भने यस्तो समय पनि आएको छ जुन सामान्यतया अरु जुम्ल्याहाहरुको जीवनमा नहुन सक्छ ।

यी तीनैजना दिदीबहिनी एकैपटक गर्भवती भएका छन् । यी तीन दिदीबहिनीले केही समयको अन्तरालमा पालैपालो सन्तान जन्माउनेछन् । अहिले यी तीन दिदीबहिनी आफ्नो गर्भावस्थाका अनुभवहरु साझा गरिरहेका छन् ।फयी तीन दिदीबहिनीहरुको नाम गिना, निना र भिक्टोरिया हुन् ।

PROMOTED CONTENTAdskeeper

Husband Divorces Wife After Looking At This Photo
658
165
219

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
279
70
93

7 Little-Known Facts About Barron Trump
318
80
106
३५ वर्षको यी तीनैजना दिदीबहिनी निकै उत्साहित छन् । उनीहरुले आफ्ना बच्चाहरुमा पनि आफूहरुमा जस्तै प्रेम होस् भन्ने चाहन्छन् । दक्षिणी क्यालिफोर्नियाका यी दिदीबहिनीमध्येकी कान्छी भिक्टोरियाले फक्स न्यूजसँग कुरा गर्दै आफूहरु एकैपटक गर्भवती हुनु सपना वास्तविकता भएजस्तै भएको बताइन् ।

उनले अगाडि भनिन् ‘यो स्थितिमा हामी एक अर्कासँग के खान मन लागेको छ, कस्तो महसुस भइरहेको छ, कत्तिको थकाइ लागेको छ भन्ने जस्ता कुराहरु पनि साझा गर्छौं ।’ भिक्टोरियाकी पहिले नै २ वर्षकी छोरी पनि छिन् । ९ जुलाइमा उनको दोस्रो सन्तान जन्मिँदैछ ।

निनाले २८ अगष्टमा बच्चा जन्माउँदैछिन् । उनले पहिलो सन्तान छोरा जन्माउन चाहन्छिन् । सबैभन्दा जेठी गिनाको सन्तान भने सबैभन्दा पछि नोभेम्बरमा जन्मिनेछ । नोभेम्बरमा जन्मिने बच्चा गिनाको तेस्रो सन्तान हुनेछ । उनका ८ वर्षका छोरा र ५ वर्षकी छोरी छन् ।

उनीहरुले एकैपटक गर्भवती हुने योजना भने बनाएका थिएनन् । जेठी गिनाले पिपुल म्यागजिनसँग कुरा गर्दै भनिन् ‘म गर्भवती हुने पछिल्ली थिएँ । मैले इस्टर डिनरमा यसबारे बताउँदा बहिनीहरु चिच्याउन थाले ।

आमाले यो हुनै सक्दैन, के तिमी सिरियस छौं भनिरहनुभएको थियो ।’ गिनाले आफूहरुले यस्तो होला भन्ने कहिल्यै नसोचेकोले अचानक यस्तो संयोग पर्दा निकै उत्साहित भएको बताइन् । उनीहरु ४ मिनेटको फरकमा जन्मिएका थिए ।

माइली निनाका अनुसार एक वर्षअघिदेखि उनले आफ्ना श्रीमानसँग बच्चा जन्माउने योजना बनाइरहेकी थिइन् तर यस विषयमा दिदीबहिनीसँग भने सल्लाह भएको थिएन किनकि उनका दिदीबहिनीले पहिले नै बच्चा जन्माइसकेका थिए । अब निनाले पहिले बच्चा जन्माइसकेका दिदीबहिनीसँग गर्भावस्थाको बारेमा परामर्श लिइरहेकी छिन् ।

उनीहरुले बच्चा जन्माउने लगुना हिल्स मेमोरियल केयर सेडलब्याक मेडिकल सेन्टरका डाक्टर डेनियल स्टर्नफेल्डले फक्स न्यूजसँग भने ‘उनीहरुको जाँचपछि मात्रै मलाई महसुस भयो कि वास्तवमा यो निकै रोचक संयोग थियो ।’ डाक्टरका अनुसार सबै आमा र बच्चा स्वस्थ छन् ।


Last Updated on: July 6th, 2021 at 9:41 am
४२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया