
काठमाडौं ।
काठमाडौंबाट म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार निकाल्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोलुखुम्बु घर भई काठमाडौं भत्केको पुल क्षेत्रमा डेरा गरी बस्ने ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल क्षेत्रमै बस्दै आएकी ३० वर्षीया सावित्री गुरुङ रहेकी छन् ।
recommended by
Mgid
Mgid
RAID: SHADOW LEGENDS
Realistic Game For Men
LEARN MORE
महानगरीय प्रहरी परिसरले सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट म्याद सकिएको डेबिट कार्डबाट पैसा निकालेको सूचनाको आधारमा उनीहरूको खोजी सुरु गरेको थियो ।
उनीहरूले म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर चाबहिल, कालोपुल, हात्तिसार भाटभटेनी इलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको पाइएको छ । उनीहरूको साथबाट प्रहरीले २१ लाख रुपैयाँ नगद बरामद गरेको छ । निकालेको रकममध्ये १० लाख ५० हजार सहकारीमा राखेको पाइएको प्रहरीले जनाएको छ ।
परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुले गैरकानुनी रुपमा एटीएमबाट पैसा निकालेको सूचनामा आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले उनीहरुलाई भत्केको पुलबाट पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।
उनीहरुले विदेशी डेबिट कार्डको प्रयोग गरेर चाबहिल, कालोपुल, हात्तीसार भाटभटेनी ईलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।