
कोभिड- १९ को संक्रमणबाट इलेक्ट्रीकल इन्जिनियर सन्जिब पन्तको निधन भएको छ । २८ वर्षिय पन्तको शनिवार चितवनमा अल्पायुमै निधन भएको हो। कोभिड-१९ संक्रमित पन्त अस्पताल भर्ना भएको तीन दिन भएको थियो । अध्यापन पेशामा कार्यरत पन्तले पश्चिमाञ्चाल क्याम्पस पोखराबाट डिप्लोमा र नेश्नल कलेज अफ इन्जिनियरिङबाट इलेक्ट्रीकल विषयमा बीई अध्ययन गरेका थिए ।
बाग्लुङ्ग जिल्ला स्थायी घर भएका उनी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.८ स्थित श्री विश्वामित्र गणेश माध्यमिक विद्यालयको प्राविधिक धार (इन्जिनियरिङ्ग) तर्फ अध्यापनरत थिए । अध्यापनरत शिक्षक श्री सन्जिब पन्तको को’रोना सं’क्रमणको कारण २८ वर्षको कलिलो उमेरमा अकल्पनीय र असामायिक नि’धन भएको नेपाल शिक्षक संघ ललितपुरले जनाएको छ।
यो दुःखद घडिमा सन्जिब पन्त लगायत दिवंगत सम्पूर्णको मृतात्माको चीर शान्तिको कामना सहित भावपूर्ण श्र’द्धान्जली अपर्ण गर्दछौं। साथै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना अपर्ण गर्दछौं।
तेस्तै, आइतबार पछिल्लो २४ घण्टामा १७ हजार ७७० नमुना परीक्षण गर्दा ७ हजार २११ जनामा को’रोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो साताको तुलनामा यो साता संक्रमितको संख्या १३६.८ प्रतिशत बढेको छ । को’रोना भाइरस संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १६१२ जना को’रोना भाइरस संक्रमणमुक्त भएका छन् ।
प्रदेशगत रुपमा लुम्बिनीमा २३३ र कर्णालीमा २१६ प्रतिशतले संक्रमितको संख्या बढेको छ । ‘यसले विश्वमा एकदमै चाँडो संक्रमितहरुको संख्या बढिरहेको देशहरुमा नेपाल पनिपर्छ भन्ने देखाउँछ’ धुलिखेल अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग निर्देशक डा. विराजमान कर्मचार्यले बताए । पोजेटिभिटी रेसियो अर्थात परीक्षण गरिएकाहरुको अनुपातमा संक्रमित ३७ प्रतिशत छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै कर्णालीमा ६७.९ र लुम्बिनीमा ६१.३ प्रतिशत छ ।
जबकी पोजेटिभिटी रेसियो ५ प्रतिशतभन्दा कम हुनुपर्छ । डा. कर्मचार्य भन्छन्, ‘अहिले संक्रमितको संख्या जति देखिएको छ, त्योभन्दा धेरै गुणा संक्रमितहरु, जसको पीसीआर गरिएको छैन, समुदायमा छन् ।’ फैलिने दर पनि लुम्बिनी र कर्णालीमा नै धरै छ । लुम्बिनीमा २.९ र कर्णालीमा २.४ प्रतिशत छ । निषेधाज्ञाले अहिले भएको संक्रमणलाई एक हदसम्म नियन्त्रण गर्न सहयोग गर्ने जनस्वास्थ्य विदहरु बताउँछन् । यसले समुदायमा भएको संक्रमण कम गरेपनि घरभित्र फैलिन सम्भावना टार्दैन । त्यसैले कसैलाई लक्षण देखिएमा आइसोलेट हुने र परीक्षण गर्नुपर्ने जनस्वास्थ्य विभाग निर्देशक डा. कर्मचार्यले बताए ।