मंगलबार २३ जेठ २०८०

काठमाडौ । बनेपामा घटनामा अस्पतालमा उपचार पछि घर फर्केका कमल भनिने माधवप्रसाद घिमिरेले चकित् पार्ने वयान दिएका छन् । उनको ६ बर्षिय छोरा युवान घिमिरे र युवानको आमा ३० बर्षिया मनिषा कार्की घिमिरे (उपाध्याय) को रहस्यम निधन भएको थियो ।

३३ बर्षिय कमल भनिने माधवप्रसाद घिमिरे अस्पतालमा उपचारार्थ थिए । उनी उपचार पछि पक्राउ परेका छन् । कमलको शिर मेमोरियल अस्पताल बनेपाको आईसियु कक्षमा उपचार पछि निको भएका हुन् । बनेपा नगरपालिका– ११ सिनागालमा आमा छोराको निधन भएको १४ दिन पछि घटनामा संलग्न भएको आशंकामा परेका महिलाका श्रीमान्ले घटना स्वीकार गरेका छन् ।

प्रहरी निगरानीमा अस्पतालमा उपचारार्थ उनको असार १३ गते डिस्चार्ज भएको थियो । डिस्चार्जसँगै प्रहरी हिरासतमा रहेका उनले आमा छोराको निधन आफ्नो कारणले भएको स्वीकार गरेका छन् ।

बनेपा नगरपालिका वडा नम्वर ८ स्थित नाला दोबाटामो फेन्सि पसल गर्दै आएका थिए कमलले । केही वर्ष विदेश बसेर आएका उनी नेपालमै अब वृद्ध बुवा आमाको नजिक बस्नुपर्छ भन्ने दाई भाउजुको सुझाव पछि नेपाल फर्किएका थिए । पाँचखाल नगरपालिका वडा नम्वर ७ स्थायी घर भए पनि कमलका बुबाहरु ललितपुर जिल्लाका स्थायी बासिन्दा हुन् ।

बैदेशिक रोजगारबाट फर्किए पछि केहि गर्ने उदेश्यले दाजुभाईहरुको सल्लाहमा कमलले बनेपाको नाला दोवाटोमा फेन्सी पसल राखेका थिए । उनीहरु श्रीमान श्रीमतीबीच सम्बन्ध विग्रदै गएपछि श्रीमतीले पनि अलग्गै पसल संचालन गरेकी थिइन् । श्रीमान धेरैजसो मोवाइलमा गेममा भुल्ने र ब्यवहार विगार्ने गरेका कारण उनीहरुबीच विवाद भइरहन्थ्यो । त्यसवाहेक माधवको अर्कै युवतीसंगको सम्बन्धका कारण पनि विवाद हुने गरेको छिमेकीको अनुमान छ । जसको घरमा भाडामा बसेका थिए उनीहरुले पनि कमलको ब्यवहार फरक हुँदै गएको बताएका छन् ।

असार १ गतेसम्म कमलले आफन्त र साथिभाईसँग सापटी भन्दै ५ लाख भन्दा धेरै रकम उठाएको पनि देखिएको छ । त्यो पैसा के गरे खोल्न सकेको छैन । मनिषा असार २ गते साँझ घर फर्कदै गरेको छिमेकीले अन्तिम पटक देखेका थिए । उनले मेरो पनि चितवनकै सविता भण्डारीको अवस्था हुन्छकी भन्ने लागेको छ भन्दै केही साथीलाई पनि सुनाएको अनुसन्धानवाट खुलेको छ ।

डेरामा पुगे लगत्तै मनिषा र कमलको झ ग डा भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा रहेको ओछ्यानमा मनिषा र युवान उत्तानो परेका छन् । केहि चक्कि सिटामोल र खाली खोलहरु छन् । शंकास्पद अवस्थामा उनिहरुलाई असार ३ गते राति ११ बजे फेला पारिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट कमल मनिषासँग झ ग डा भए पछि नजिकै होटलमा गएर एकै पटक ७ वटा चु रो ट खाएर फर्किएका थिए । होटलबाट फर्किएर ओछ्यानमा सुतिरहेका मनिषा र युवानलाई ब्लान्केटले नाक मुख थु ने र श्वास फेर्नै नदिई मा रे को आशंका गरिएको छ ।

दुई दिन सम्म पनि मनिषा कतै नदेखिएपछि आफन्त र छिमेकीलाई शंका लागेर खोजी गर्न थाल्छन् । कमललाई नै मोटरसाइकलमा राखेर मनिषालाई खोज्न निस्क्छन् । नाला दोबाटो अलिक भित्र पुगेपछि कमल मोटरसाईकलबाट ओर्लेर भाग्न खोज्छन् । उनी भागेपछि प्रहरी बोलाइन्छ । प्रहरी र तिनै मोटरसाईकलको सहयोगमा उनी पक्राउ पर्छन ।

प्रहरीलाई दिएको प्रारम्भिक बयानमा कमलले भनेका छन्, मैले असार २ गते राति नै उनिहरुलाई मा रे र कोठामा ताल्चा लगाएर राखेको छु । आफु पनि म र्ने प्रयासमा कसैलाई भनिन । बरु म रे को श्रीमतीलाई अंगालो हाल्दै रातभर सँगै सु तें । प्रहरी र आफन्तले कोठा फोरेर हेर्दा मनिषा र युवान मृ त अवस्थामा आफ्नै ओछ्यानमा फेला परेका थिए


Last Updated on: July 6th, 2021 at 10:05 am
४३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया