शुक्रबार ०५ आश्विन २०८०

काठमाडौँमा घर किनेको २ वर्षपछि प्रकाश सपूतले किने ४९ लाखको कार
July 6, 2021 9
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्र फराकिलो बनिरहेको छ। कुनै समय गीत संगीतमा लागेर सर्जकले जीवन चलाउन नै मुश्किल पर्छ भन्ने कुराहरु खुबै सुनिन्थ्यो । तर, आज समय बदलिएको छ।

पछिल्लो समयमा गीत संगीतमा राम्रो क्रेज बनाएका कलाकारहरुको फेरिदो जीवनशैलीले पनि यो कुराको पुष्टी गर्दछ। यो क्षेत्रमा नाम चलेका र दर्शकले रुचाएका सर्जकहरुका लागि काठमाडौँमा घर र गाडी अब सपना बन्न छाडेको छ।

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक प्रकाश सपूतले २ बर्ष अगाडि काठमाडौँमा घर किने । आधा दर्जन भन्दा बढी गीतले लोकप्रियता कमाएपछि प्रकाशलाई स्टेज कार्यक्रमदेखि म्यूजिक भिडियोमा भ्याई नभ्याई छ।

उनै, प्रकाशले लक्ष्मी हुन्डाइको नयाँ कार किनेका छन्। सेतो रंगको ‘क्रेटा’ कार किनेका प्रकाशले लेखेका छन्, ‘सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ । कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है।’ उनले यो कारको मूल्य ४९ लाख रहेको बताए ।

उनी आफूले सकेसम्म देखावटी कुराहरु नचाहने तर यस्ता कुराहरुले कतिपय मानिसहरुलाई प्रेरणा पनि मिल्ने बताउँछन्।

‘यस्ता कुराहरुले कतिपय मानिसहरुलाई दुःखी पनि तुल्याउन सक्छ। तर त्यही कुराले कतिपय मानिसहरुलाई प्रेरणा पनि मिल्न सक्छ’ उनले भने, ‘त्यो मान्छे पनि हामीजस्तै हो। हाम्रै स्तर, हाम्रै धरातलबाट गएको हो। त्यसले गर्न सक्छ भने हामी पनि गर्न सक्छौं भन्ने खालको प्रेरणा पनि मिल्न सक्छ। यसकारण मैले कार किनेको तस्वीर सामाजिक संजालमा शेयर गरेको हुँ।’

प्रकाश काठमाडौँ आएसँगै लामो समय सार्वजनिक यातायातमा यात्रा गरे। दोहोरी साँझमा काम गरेको २–३ वर्षपछि ‘सेकेन्ड ह्याण्ड’ स्कुटर किने। केही वर्ष स्कुटर चढेपछि उनले ‘सेकेन्ड ह्याण्ड’ मोटरसाईकल किनेका थिए। यसअघि उनी सोही मोटरसाईकलमा यात्रा गर्दै आएका थिए।

उनी मानिसहरुले आफूलाई मूल्यांकन गर्दा, आफ्नो सफलतालाई मूल्यांकन गर्दा संघर्षलाई पनि सँगै मूल्यांकन गरिदिए हुन्थ्यो भन्ने चाहन्छन्।


Last Updated on: July 6th, 2021 at 7:45 pm
३२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया