शुक्रबार १२ आश्विन २०८०

उदयपुरको बेलका नगरपालिका मितेरी गाउँ स्थित शनिवार परेको हावाहुरी र चट्याङ सहितको पानीले घर गोठ जलेर नष्ट भएको छ । चट्याङले घर गोठ मात्र जलायन मानवीय क्षती समेत पुराउनुका साथै पशुचौपाय समेत जलेर मरेको छ ।चट्याङका कारण आठमाया राईको घर गोठ आगलागी हुँदा जलेर नष्ट भएको छ । सोही आगलागीमा परी आठमाया राईकी ६ बर्षिया

नातिनी निर्मिता राई र प्रतिक्षा राई घाइते भएकीछिन् । निर्मिताको ढाँडमा आगोले पोलेको छ उनिहरुको घरमै सामान्य उपचार भईरहे परिवारले जनाएको छ । आगोले घर जलेपछि घरमा कृयापुत्रि बस्नेको बिजोग भएको छ । ३ दिन अघि मात्रै आठमाया राईका ८८ बर्षिय आमा जसिमाया राईको मृत्यु भएको थियो ।

यस्तै आगलागीबाट धान मकै चामल सुनचाँदीको गहना सहित ७ वटा बाख्रा कुखुरा बंगुर समेत मरेको बेलका नगरपालिका ५ का वडाध्यक्ष गोविन्दकुमार खड्काले जानकारी दिनुभयो । अध्यक्षका अनुसार अन्दाजी १२ लाख बराबरको क्षति भएको र आगो शनिबार विहान ११ बजेपछि मात्रै नियन्त्रणमा आएको जनाएको छपूर्ण पुस्टि बाट ।


Last Updated on: May 4th, 2021 at 7:40 pm
४३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया