शुक्रबार ०५ आश्विन २०८०

सिनेमा नचलेपछि हलहरु धमाधम भ’त्काइँदै ; २८ ओटा हल पूर्णरुपमा ब’न्द
प्रकाशित मिति: बुधबार, आषाढ २३, २०७८ समय: १०:३७:१५
53
Shares
facebook sharing button 53messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

काठमाडौं / विगत १६ महिनादेखि जारी को’रोना संक्र’मण म’हामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल ब’न्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यका बाहिरका १९ गरेर २८ वटा सिनेमा हल ब’न्द भइसकेका छन् ।

हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्ने गरी संधैका लागि ब’न्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।

को’रोना महा’मारीकै कारण सिनेमा हलको भविष्य अनि’श्चित देखेर काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजले सात वटामध्ये चार वटा सिनेमा हल भ’त्काएको छ ।

गोपीकृष्ण मुभिज अन्तर्गतको गोपी, कृष्ण, राधा र मिरा गरी चारवटा सिनेमा हल भ’त्काइएको सो हलका म्यानेजर प्रदीप दाहालले बताएका छन् । हल भ’त्काएर सो ठाउँमा गोपीकृष्णले यतिबेला गोपीकृष्ण मल निर्माण सुरु गर्दै छ । गोपीकृष्णले अब ओम, नम र शिवाय गरी तीनवटा सिनेमा हल मात्र सञ्चालन गर्ने पनि दाहालले बताएका छन् ।

यस्तै, क्यूएफएक्स सिनेमा कम्पनीले सो समूहका तीनवटा सिनेमा हल बन्द गरेको छ । काठमाडौंको हात्तीसारस्थित जयनेपाल सिनेमा घर र कमलपोखरीस्थित कुमारी सिनेमालाई क्यूएफएक्सले बन्द गरेको हो ।

जयनेपाल सिनेमा घर नेपालकै अहिलेसम्मको जेठोमध्येको सिनेमा घर पर्छ । कुमारी सिनेमाले पनि चार दशकभन्दा लामो इतिहास बोकिसकेको छ ।

यसरी लामो इतिहास बोकेका सिनेमा घर को’रोनाको म’हामारीकै कारण बन्द गर्नुको विकल्प नरहेको क्यूएफएक्स सञ्चालकको भनाइ छ । यो ख’बर आ’जको रा’जधानी दैनि’कमा छ ।


Last Updated on: July 7th, 2021 at 4:53 pm
३५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया