बिहिबार ०४ कार्तिक २०७८

चितवन- चितवन क्षेत्रमा किशोरीहरु हराउने घटना बढिरहेको बेला गैँडाकोटबाट १२ दिनदेखि सम्पर्कविहीन भएकी युवती नारायणगढबाट फेला परेकी छन् ।

गैँडाकोट नगरपालिका–४ मा बस्दै आएकी २१ वर्षीय पुनम घर्ती नारायणगढबाट फेला परेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार पुनमको आमा नारायणगढको क्षेत्रपुरतिर आएको समयमा छोरी बेपत्ता भएको भन्दै आमाले मंगलबार आएर प्रहरीलाई फोटो देखाएकी थिइन् ।

सोही फोटोको आधारमा आज उनलाई नारायणगढको शहिदचोकभित्र रहेको मेघौंली बसपार्कमा भेटिएको प्रहरीले बताएको छ ।सञ्चारमाध्यमबाट पनि पुनमको खोजीको पहल भइरहेको थियो । उनलाई आजै परिवारको जिम्मा लगाइएको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ । यही असार ११ गतेदेखि उनी गैँडाकोट घरबाट हिँडेकी थिइन् ।


उनीहरु गुल्मी मालिका गाउँपालिका–२ घर भई गैँडाकोट ४ मा डेरामा बस्दै आएका थिए । पुनम सुस्त मनस्थितीको रहेको र गत फागुनदेखि औषधी सेवन गर्दै आइरहेकी उनकी आमा छमी घर्तीले बताइन् । पुनम यसअघि पनि पाँच महिना सम्पर्कविहीन भएर बुटवलमा फेला परेकी थिइन् ।


Last Updated on: July 8th, 2021 at 11:07 am
४४० पटक हेरिएको

तपाईको प्रतिक्रिया