बुधबार २४ जेठ २०८०

पाल्पामा पहिरोले ६ घर पुरिँदा एकको मृत्यु, एक बालक समेत बेपत्ता, सात घाइते -कस्तो छ पछिल्लो अवस्था ?
July 8, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
काठमाडौ । पाल्पामा पहिरोले ६ घर पुरीएका छन् । घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन् । घटनामा परेर ७ जना घाइते भएको बताइएको छ । पहिरोमा हराएकाको खोजी थालिएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा पहिरोले ६ घर बगाएको हो । पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोले घर पुरिँदा सोही ठाउँकी पुजा परियारका चार वर्षीय छोरा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

आज (बिहीबार) बिहानीपख हामीले घटनाको विषयमा जानकारी पाएका हौँ। एक बालक वेपत्ता भएका र अर्का एक जनाको मृत्यु भएको छ । पहिरोले हिउँदे खोलमा ६ घर बगाएको छ। पहिरोमा परेर सात जना घाइते भएका छन्। सिद्धार्थ राजमार्ग नजिकै रहेको हिउँदे खोला भन्ने गाउँमा पहिरो खसेको हो।

पहिरोले स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ। पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको छ।


Last Updated on: July 8th, 2021 at 11:08 am
४४० पटक हेरिएको

तपाईको प्रतिक्रिया