मंगलबार १६ आश्विन २०८०

झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक (असई) महादेव ठाकुर एक कुशल नर्तक पनि भएको पाइएको छ । उनका साथी मुकेश संघर्षले फेसबुकमा उनी नाँचेको एक भिडियो क्लिप सार्वजनिक गर्दै उक्त कुरा जानकारी दिएका हुन् । ठाकुरको सिमानामा साइकल चढेर गस्ती गर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा ठाकुरलाई चट्याङ लागेको थियो । चट्याङले गम्भीर घाइते भएका ४७ वर्षीय ठाकुरलाई उपचारको लागि तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याइएको थियो ।

अस्पताल पुर्याउनासाथ चिकित्सकले ठाकुरलाई मृ त घोषणा गरेका थिए । भारतसँगको सीमा नजिक रहेको अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङ ठाकुरलाई लागेको सहकर्मीले बताएका छन् । गस्तीमा खटिएका अरु प्रहरी भने सकुशल छन् । ठाकुर नाचेको यो भिडियो हामीले उनका साथी मुकेश संघर्षको फेसबुकबाट लिएका हौं ।


Last Updated on: May 5th, 2021 at 12:34 am
३८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया