मंगलबार २३ जेठ २०८०

नायिका जेनी कुँवरले देहत्याग गरेकी छन्। काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले बिहिबार राति देहत्याग गरेको प्रहरीले जनाएको छ। ‘उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भीक अनुसन्धानमा देहत्याग गरेको खुलेको छ’, महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए। उनी सनराइज सिटीको अपार्टमेन्टमै बस्दै आएकी थिइन्।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीननदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो । उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग ल’फ’डा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् ।

प्रहरीले कुवँरको देहत्यागको कारण डि’प्रे’स’न भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको देहत्याग डि’प्रे’स’न’को कारण भएको पाइएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिए । शवसँगै सु’सा’ई’ड नो’ट पनि भेटिएको छ । नो’टमा उनले आफु ‘डि’प्रे’श’न’को शि’का’र’ भएको लेखेकी छिन् ।

घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डि’प्रे’स’न’मा थिइन् र औ’ष’धि से’व’न गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मा’न’सि’क अवस्था पनि कमजोर भएको थियो । देहत्याग घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ ।


Last Updated on: July 9th, 2021 at 12:28 am
१५४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया