
काठमाण्डौ
कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय बालक विवेक विष्टको ज्या’न लि’एको आरोपमा दुई किशोरी पक्राउ परेका छन् । बालकको घटना आरोपमा कैलाली प्रहरीले बालककै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र किशोरीकी १४ वर्षीय साथीलाई प्रहरीले पक्राउ गरेको हो ।
कैलालीका प्रहरी प्रमुख एसपी विश्व अघिकारीले हालसम्मको अनुसन्धानले घटनामा मृतक नाबालकको दिदी नातापर्ने १५ वर्षकी किशोरीका सकुन्तला (नाम परिवर्तन) को संलग्नता रहेको देखाएको जानकारी दिए। उनी हाल प्रहरीको नियन्त्रणमा छिन्। प्रहरीले अर्की एक १४ वर्षकी बालिका (सकुन्तलाको साथी) लाई समेत नियन्त्रणमा लिएको छ। एसपी अधिकारीका अनुसार सकुन्तलाको साथीको भने घटनामा प्रत्यक्ष संलग्नता रहेको देखिँदैन।
२१ असार बिहान ११ बजे कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने दिलिप विष्टका साढे तीन वर्षका छोरा विवेक दिदी नाता पर्ने १५ वर्षीया किशोरीसंग जामुन खान गए। उनले विवेकलाई घरभन्दा केही पर रहेको जामुनको बोटबाट जामुन टिपेर खुवाईन्। त्यसपछि उनीहरु कुलातर्फ हिँडे। कुलाको किनार नपुग्दै बाटोको छेउमा बालबालिकालाई खेल्नका लागि फलामको पिङ बनाईएको छ। उनले विवेकलाई त्यहाँ पिङ खेलाइन्। उनीहरु पिङ खेलिसकेपछि फेरि कुलाको किनारतर्फ हिँडे।
२१ असार बिहान ११ बजे कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने दिलिप विष्टका साढे तीन वर्षका छोरा विवेक दिदी नाता पर्ने १५ वर्षीया किशोरीसंग जामुन खान गए। उनले विवेकलाई घरभन्दा केही पर रहेको जामुनको बोटबाट जामुन टिपेर खुवाईन्। त्यसपछि उनीहरु कुलातर्फ हिँडे। कुलाको किनार नपुग्दै बाटोको छेउमा बालबालिकालाई खेल्नका लागि फलामको पिङ बनाईएको छ। उनले विवेकलाई त्यहाँ पिङ खेलाइन्। उनीहरु पिङ खेलिसकेपछि फेरि कुलाको किनारतर्फ हिँडे।
पिङ भएको ठाउँबाट कुलाको किनारतर्फ जाने छोटो बाटो भएकोमा उनीहरुले लामो बाटो प्रयोग गरेका छन्। अनुसन्धानका क्रममा सकुन्तलाले लामो बाटो प्रयोग गर्नुको कारण छोटो बाटोमा विवेक जान नमानेको बताएकी छन्। ‘त्यो बाटोमा झाडी धेरै छ’, घटनास्थलमा अनुसन्धानका लागि पुर्याईएकी उनले एसपी अधिकारीसँग भनिन्,‘बाबु जान मानेन।’
उनले कुलोको किनारमा पुगेपछि विवेकलाई तेर्सो परेको सिसमको रुखमा राखिन्। त्यही क्रममा उनले विवेकको खुट्टाबाट चाँदीको बाला निकालिन्। उनले चाँदीको बाला निकाले पछि विवेकलाई किनारमा उभिन लगाइन् र कुलोमा ध’केलिन्। विवेकलाई कुलोमा धकेले पछि उनी घर फर्किइन्। उनले विवेकको खुट्टाबाट निकालेको चाँदीको बाला हाल प्रहरीको नियन्त्रणमा रहेकी साथीलाई राख्न दिइन्। उनी त्यसपछि आफ्नो घर गएर लुगा फेरिन्।
युवती मात्रै घर फर्किएपछि विवकेका बुवाले खोज तलासका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दिए। घर फर्केकी किशोरीले रुखमा जामुन नभएको र भाइलाई घरतर्फ पठाएको तर जिद्धी गरेर आफन्तको घरमा जान्छु भनेको परिवारलाई जानकारी गराएकी थिइन्। ति किशोरीले आफू भने साथीको घरमा गएको बताएकी थिइन्।
बालक बेपत्ता भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खोज तलासका लागि कुकुरको प्रयोग भएको थियो भने बिशेषज्ञ टोली पनि परिचालन गरिएको थियो। अनुसन्धानकै क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेल पनि घटनास्थल पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी पनि सोमबार राति नै टीकापुर पुगको थिए। अधिकारीको गृहनगर पनि टीकापुर हो। प्रहरी अनुसन्धानकै क्रममा बालक जमरा कुलोमा परेको सम्भावना बलियो देखिएपछि चिसापानीस्थित जमरा कुलोको आउने पानीको ढोका बन्द गरियो।
२३ असार साँझ साढे ५ बजे बालक हराएको ठाउँबाट झण्डै ५ किलोमिटर टाँढा टीकापुर नगरपालिका–४ घोयली वनमा जमरा कुलोको किनारतर्फ विवकेको शव फेला प¥यो। जिल्ला प्रहरी कार्यालय कैलालीकाका अनुसार अनुसन्धानका क्रममा बालककी दिदीले प्रारम्भमा दिएको जानकारी विभिन्न तथ्यले गलत देखिएपछि शंका ति युवतीमाथि भएको हो।
जब विवेककी आमा त्यहाँ गईन् त्यसपछि मात्रै विवेक बेपत्ता भएको रहस्य खुलेको थियो। त्यसपछि मात्रै विवेकको खोजी सुरु भएको थियो। सुरुमा सकुन्तलाले भाइलाई छोडेको ठाउँनेर अटो रोकिएको, पानी बोक्ने गाडी आएको, टिप्पर हिँडेको जस्ता कुरा प्रहरीलाई बताइन्। उनी सुरुमै प्रहरीको ध्यान अन्तै मोड्न चाहन्थिन्।
‘निजको सम्पूर्ण दैनिकी पहिल्याउने क्रममा निजले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ५ बस्ने साथीलाई घटना घटेकै दिन दुई वटा चाँदीको बाला राख्न दिएको खुल्न आएको र सो बालाहरु निज बालकको भएको परिवारजनले सनाखत गरेका थिए,’ जिल्ला प्रहरी कार्यालय कैलालीद्धारा जारी विज्ञप्तीमा भनिएको छ। उनीहरूले साथीसँगै बजार गएर बाला बेच्नेसमेत प्रयास गरेका थिए। प्रहरीले बाला मृतककी दिदीकी साथीसँग भेटेपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।