
विश्वकै उत्कृष्ट ह्याण्डराइटिङ लेखेर नेपालको नाम विश्वसामु चिनाउन सफल प्रकृति मल्ल (हेर्नुहोस भिडियो)
July 8, 2021 112
46
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । सानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै छन् । नेपालमा मात्र हैन विश्वभरी नै उनको चर्चा र उनको ह्याण्डराइटिङ भाईरल भएको छ ।
पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा त झनै उनी उदाएकी छिन् । उनको सफलताको राज भने यसरी खुल्छ ।
नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो । आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा
पढ्ने दाजु, अभिषेक लोप्चनको ।कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए ।‘कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही बोल्नै सकिन ।’ सात वर्षअघिको त्यो क्षण सम्झँदै हाल १६ वर्षीया मल्लले भनिन्, ‘मैले कापी ओल्टाइपल्टाइ गरेँ, यस्तो अनविलिएवल (अविश्सनीय) अक्षर पनि लेख्न सकिने रहेछ भन्ने लाग्यो ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ५०४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
मुलुकभर पाँच हजार ३७४ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार २१८ जनामा र पाँच हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा ६५७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार २८६ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या छ लाख १५ हजार ६१३ पुगेको छ । नेपालमा निको हुनेको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २९ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ३२० पुगेको छ ।