बिहिबार ११ आश्विन २०८०

फेसवुकमा चिनजान भएको पुरुषको भर पर्दा के भयो ? ४५ जनाले दिए उजुरी
July 8, 2021 79
35
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । वेरोजगारी र विपन्नताले मानिसलाई कस्तो समस्यामा पार्छ भन्ने उदाहरण वैदेशिक रोजगारीमा गएका नेपाली महिलाहरुले भोगेको पीडावाट थाहा हुन्छ । सोझा महिलाहरुलाई सामाजिक सञ्जालमा माध्यमवाट चिनजान गर्दै कम्बोडिया सम्म लगेर बे च्ने गरेको एक गिरोहका नाइके फेला परेका छन् ।

नेपाली महिलालाई भारत हुँदै कम्बोडिया लगेर बे च बि खन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेपछि उनको एक ठूलो समुह नै रहेको खुलेको हो ।

पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका २ का ३७ वर्षीय किसान राई छन्। राईलाई अन्य ४५ जना महिला तथा पुरूषलाई कम्बोडिया पुर्‍याएको आरोप छ। उनका समुहका ७, ८ जना अन्य ब्यक्ति कम्बोडियामा छन् । जसले नेपालवाट लगिएका महिलाहरुलाई अनैतिक काममा लगाउने गर्छन । होटल र रेष्टुरेष्टहरुमा उनीहरुलाई गलत काम गराइन्छ । घरेलु कामदार भनेर लगेर उनीहरुलाइ त्यहाँ फरक काम गराइने गरेको खुलेको हो ।

ब्युरोका अनुसार एक महिलालाई उनले फेसबुकबाट चिनजान गरी रोजगारीका लागि कम्बोडिया लैजाने आश्वासनमा हिँडाएका थिए। चार लाख पचास हजार रूपैयाँ पैसा लिएर ती महिलालाई उनले सुरूमा काठमाडौंबाट काँकडभिट्टा लगे। त्यहाँबाट आसाम, नागाल्याण्ड, गुहावटी, मणिपुर पुर्‍याए। मणिपुरबाट पैदल हिँडाएर उनले म्यानमार पुर्‍याएका थिए।

म्यानमारबाट थाइल्याण्ड हुँदै कम्बोडिया लगेर चिनियाँ नागरिक बस्ने गरेको घरमा पुर्‍याएका थिए। एक लाख रुपैया कमाइ हुन्छ भनेर लगिएकी ति महिलालाई उनले गलत काममा लगाए ।

महिलालाई २०७६ फागुन १८ गते नेपालबाट हिँडाइएको थियो। उनी २०७७ कात्तिक ४ गते नेपाल फर्केर उजुरी दिएपछि उनका बारेमा रहस्य खुलेको हो । राईले अन्य ४५ जना नेपाल महिला तथा पुरूषलाई विभिन्न बाटो हुँदै कम्बोडिया लगेर अलपत्र पारेको उजुरी वैदेशिक रोजगार विभागमा छ।


Last Updated on: July 9th, 2021 at 12:59 am
२६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया