शुक्रबार ०५ आश्विन २०८०

नायिका कुँवरले आफ्नै अपार्टमेन्टमा देहत्याग गरेपछि घटनास्थलमा जे देखियो …. (भिडियो सहित)
FacebookTwitterPrintMore
नायिका तथा निर्मात्री जेनी कुँवरले देहत्याग गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झु’न्डि’ए’र देहत्याग गरेकी हुन् ।

ढोकामा किला ठो’के’र डो’री’को पा’सो ला’गे’को अवस्थामा जेनीको शव भेटिएको प्रहरीले बताएको छ । उनी विगत एक वर्षदेखि डि’प्रे’श’न’मा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् । केहीअघि उनको पशुपति परिसरमा नै वि’वा’द समेत भएको थियो ।

बिहीबार साँझ अपार्टमेन्टको तेस्रो तल्लामा उनी मृत अवस्थामा फेला परेकी थिइन् । अपार्टमेन्टमा भेटिएको सु’सा’इ’ड नो’ट’मा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ सन्देश छाडेकी छिन् । घटनास्थलमा भेटिएको नो’टमा आफु ‘डि’प्रे’श’न’को शि’कार’ भएको उल्लेख गर्दै उनले लेखेकी छिन्– ‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’ ‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ नोटमा भनिएको छ– ‘यसमा कसैको दोष छैन ।’

६ महीना बिपस्यानामा बसेकी जेनीको मा’न’सि’क अवस्था पनि कमजोर भएको थियो । देहत्याग घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

काठमाडौं बानेश्वरकी स्थायी बासिन्दा रहेकी ४६ वर्षिया जेनीका श्रीमान, एक छोरा र एक छोरी छिन् । उनलाई नजिकबाट जान्नेहरु उनी पछिल्लो समय मा’न’सि’क समस्याबाट संघर्ष गरिरहेको बताउँछन् । फिल्ममा नायिकाको प्रस्ताव आउन छाडेपछि उनले आफ्नै लगानीमा फिल्म बनाउने तयारी गरेकी थिइन् । सुरुमा नायिकाको रुपमा खेलेपछि पछिल्लो समय भने उनलाई अफर आउन छाडेको र आफैले फिल्म बनाउने योजना बनाएकी थिईन । काठमाडौं बानेश्वरस्थित ४ आनामा बनेको घर उनकै नाममा थियो र लकडाउनमा उनले उक्त घर निःशुल्क बस्नको लागि उपलब्ध गराएकी थिइन् ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीननदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो । उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।


Last Updated on: July 9th, 2021 at 11:33 am
२८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया