
नानु सियोनलाई २५ करोडको औषधि नि:शुल्क, सहयोग उठेको १९ करोड अन्य बिरामीका लागि खर्च गर्ने
July 9, 2021 6
काठमाडौ । दुर्लभ रोग जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी–एसएमई वान लागेकी नानु सियोन श्रेष्ठको जीवन बचाउन सद्भाव सहयोग गर्नेहरुका लागि खुशीको खबर आएको छ ।नानुको लागि महँगो औषधि निःशुल्क पाउने भएको छ ।समाजसेवी ईशा गुरुङ्गले नानुलाई अस्पतालले नै यो औषधि नि:शुल्क दिने घोषणा गरेको जानकारी दिनु भएको छ ।उहाँ नानुको लागि २५ करोड रकम चाहिएको थियो । देश विदेश संसारभरबाट रकम संकलन गरिएको थियो ।
मेरो व्यक्तिगत ५० हजार र नायक पल शाह भाइले पनि १ लाख सहयोग गर्नु भएको थियो ।ईशाले थप लेख्नुभएको छ हाल सम्म रकम १९ करोड संकलित भएको नानुको बाबा सन्दिप श्रेष्ठले जानकारी गराउनु भएको छ ।स्टाटस मार्फत अब बचेको रकम सियोना फाउन्डेशन मार्फत अन्य बिरामीहरूका लागि सहयोग गर्ने जानकारी गराउनु भएको छ ।
सियोना बचाउ अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण नेपालीहरु प्रति हार्दिक नमन गर्न चाहान्छौ र नानुको नयाँ जीवनको लागि प्राथाना पनि गर्न चाहान्छु ।सामाजिक सञ्जालमा देखा परेको निकै नै चर्चित बिषय थियो ‘सियोना बचाऊ अभियान’ ।भर्खर फख्रिदै गरेको कलिलो कोपिला सियोनको उपचार नेपालमा सम्भव नहुने भएपछि अमेरिका लगिएको थियो ।
त्यहाँ उपचार गर्न करीब २५ करोड खर्च लाग्ने हुनाले बेला सियोनका बुवाआमाले देश विदेशमा सहयोगका लागि अपिल गरेका थिए । उनीहरुको अपिललाई सबैलदे साथ दिएर सामाजिक सञ्जालमा खुबै सेयर भएको थियो । त्यसैबाट १९ करोड रकम संकलन भएको छ ।
हालसम्म देश तथा विदेशबाट १९ करोड बढी नेपाली रुपैयाँ जम्मा भएको जानकारी आएको छ ।छोटो समयमा धेरै पैसा संकलन भएको छ तर, सियोनको उपचारको लागि २५ करोड रकमा चाहिएको थियो । तर अन्तिममा आएर अस्पतालले नै नानु सियोनलाई नि:शुल्क औषधि दिने निर्णय गरेको छ । उनलाई लगाउने खोपको मुल्य नै २५ करोड पर्दथ्यो ।
सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी–एसएमई–१ भएको थियो । जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ ।जस्का कारण यतिबेला मृत्यु जित्न संघर्ष गरिरहेकी सियोनको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले सहयोग गरिरहेका छन् ।
नानु अहिले २ बर्षकी भएकी छिन् । उनको उपचारका लागि ९ महिनादेखि नै पहल थालिएको थियो ।यो रोग लागेपछि बच्चालाई २ वर्षको उमेर भित्रमा उपचार गरिसक्नुपर्ने हुन्छ । यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती पोल्यान्ड गएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******