आइतबार २१ जेठ २०८०

काठमाडौं ।

पाँचथरमा पहिरोले पुरिएर गम्भीर घाइते भएकी १५ वर्षीया सञ्जिता राईको मृत्यु भएको छ । पाँचथरको फिदि १ स्थित शनिबारे बस्दै आएकी उनको उपचारको क्रममा शुक्रबार बीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

बुधबार राति करिब नौ बजेतिर चर्पी गरिरहेको बेला वन डिभिजन कार्यालय पाँचथरको पर्खाल भत्किएर उनी पुरिन पुगेकी थिइन । उनी चर्पी बसिरहेकै बेला पुरिएको अवस्थामा प्रहरी र स्थानीयले आधा घण्टा पछि उद्धार गरेका थिए । अचेत अवस्थामा पहिरोबा निकालिएकी सञ्जिताको पाँचथर फिदिमस्थित समर्पित अस्पतालमा उपचार हुन सकेको थिएन ।

चर्पी गरिरहेको बेला वन कार्यलयको पर्खाल भत्किएर पुरिएकी किशोरीको मृत्यु

त्यसपछि उनलाई उपचारका लागि झापास्थित वि एण्ड सी अस्पताल पुर्याइएको थियो । स्थायी घर भोजपुर भएकी सञ्जिता करिब १० वर्षदेखि उक्त घरमा बस्दै आएकी थिइन् ।

बुबाको मृत्यु भएको र उनकी आमा बिदेशमा रहेको बताइएको छ । उनी कक्षा ८ मा पढ्दै थिइन् ।


Last Updated on: July 10th, 2021 at 11:18 am
५४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया