बुधबार ०३ कार्तिक २०७८

भारतका दिग्गज अभिनेता दिलिप कुमारको निधनले उनकी श्रीमती सायरा बानोलाई झट्का दिएको छ । यो उमेरमा अब सायरा एक्लो बनेकी छिन् ।

सधैं सँगै देखिने दिलिप–सायराको जोडी अब टुटेको छ । दिलिप कुमारको निधन भएपछि सायराको भावुक पारिदिने थुप्रै तस्बिर सार्वजनिक भएका छन् ।

recommended by
Mgid
Mgid

TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Method Tonight!
LEARN MORE
यी तस्बिरमा सायराको पीडा स्पष्ट रुपमा झल्कन्छ । दिलिप कुमारको यो अन्तिम तस्बिर सोसल मिडियामा छाएको छ जहाँ अन्तिम संस्कार अघि सायराले दिलिपलाई अँगलो मा’रेर रोइरहिन् ।

सायरा बानोले जसरी आफ्ना श्रीमान दिलिपलाई अँगालो हालेर रोइरहेकी छिन्, त्यो देखेर थुप्रै्रको आँखा रसाएको भारतीय सञ्चार माध्यमले बताएको छ । दिलिप कुमार र सायरा बानोको अटुट प्रेम कसैबाट लुक्न सकेको छैन । विभिन्न रोगसँग जुधिरहेका दिलिप कुमारको हिम्मत सायरा बानो थिइन् ।

दिलिप कुमारका साथी धर्मेन्द्र पनि निकै दुःखी देखिए । दिलिप कुमारको अन्तिम दर्शन गर्न पुगेका धर्मेन्द्रको यो फोटो पनि जताततै छाएको छ । ती तस्बिरमा उनी सायरा बानोसँग दिलिप कुमारको पार्थिव शरीरसँगै बसिरहेका छन् । दिलिप–सायरासँग धर्मेन्द्रको निकै राम्रो सम्बन्ध छ । यो समयमा सायराले धर्मेन्द्रलाई भनेकी थिइन्, ‘हेर धरम, साहबले आँखा झिम्काउनुभएको छ ।’

धर्मेन्द्र र दिलिप कुमारबीच निकै राम्रो सम्बन्ध थियो । अन्तिम दर्शन गरिरहेको धर्मेन्द्रको यो तस्बिर पनि चर्चाको विषय बनेको छ । धर्मेन्द्र दिलिप कुमारलाई आफ्ना दाइजस्तै मान्थे । यी दुईले सँगै एक बंगाली फिल्ममा काम गरेका थिए । सायरालाई ढाडस दिन फिल्मी क्षेत्रका थुप्रै व्यक्तित्वको उपस्थिती थियो ।


Last Updated on: July 10th, 2021 at 11:35 am
४६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया