शुक्रबार ०५ आश्विन २०८०

चुरापोते, काईयो, ऐना लगाएत अन्तिम पटक श्रीमानले सिन्दुर हालिदिएपछि गरियो अन्तिम बिदाइ (भिडियो सहित)
FacebookTwitterPrintMore
बिहीवार साँझ आफू बस्ने अपार्टमेन्टमा मृत फेला परेकी अभिनेत्री जेनी कुँवरको अन्त्येष्टि गरिएको छ । उनको शुक्रवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । काठमाडौंको टिचिङ अस्पतालमा पोस्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर पशुपति आर्यघाटमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली अर्पण गर्न फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरु पुगेका थिए ।

श्रीमानसँग काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी जेनीका दुई छोरी छन् र दुवै देशबाहिर छन् । भान्सा कोठामा देहत्याग गर्नुअघि लेखेको सु’सा’इ’ड नो’ट प्रहरीले भेटाएको छ । जसमा उनले आफ्नो मृत्युको दोषी कोही नभएको उल्लेख गरेकी छन् । उनी विगत एक वर्षदेखि डि’प्रे’स’नमा थिइन् ।

प्रहरीका अनुसार उनले नोटमा लेखेकी छन्, ‘मेरो दिमागी हालत ठिक नभएर मैले सु’सा’इ’ड गरेको हो । मलाई मेरो श्रीमान र छोरीहरूले धेरै माया गर्नुहुन्छ । यसमा कसैको दोष छैन । बिरामी ठिक होला भनेको झनझन् गाह्रो हुँदै गयो, त्यही भएर देहत्याग गरेकी हुँ ।’ प्रहरीले उक्त स नोटको परीक्षण गर्न सामाखुसीस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।

‘घायल र हलचल’ नामक दुई फिल्मको निर्माण समेत गरेकी जेनीले फिल्म ‘जिन्दगानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि उनले ‘मैदान, जीननदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ’ लगायत थुप्रै फिल्ममा अभिनय गरिन् । पछिल्लो समय भने उनी अभिनयबाट निस्क्रिय जस्तै थिइनन् । तर, स्थिति सामान्य भएपछि नयाँ फिल्म निर्माण गर्ने उनको तयारी थियो


Last Updated on: July 10th, 2021 at 6:14 pm
४९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया