
यसरी अर्काको बारीमा तरकारी चोर्दा चोर्दै फेला परिन चर्चित नायिका बिपना थापा (हेर्नुहोस भिडियो सहित )
FacebookTwitterPrintMore
काठमाडौ । कुनै जमानाकी निकै चर्चीत नेपाली नायीका अहिले भारतमा छन् । उनी भारतीय नागरिकसंग विवाह गरेपछि उतै बस्न थालेकी हुन् । त्यसैले नेपाली फिल्ममा उनी धेरै वर्ष देखि देखिएकी छैनन् । तर बेलाबेलामा उनी नेपाल भने आइरहन्छिन् । उनले भारतमै रहे पनि नेपाल प्रति निकै चासो राख्छिन् । उनले युट्युव च्यानल संचालन गरेकी छन् । जसमा आफ्ना दैनिक गतिविधि सार्वजनिक गर्छिन ।
उनले भारतमा आफु बसेको ठाउँ वृन्दावनमा फर्सि, लौका लगायतका तरकारी बारीमा गएर फ्रिमा ल्याउन पाइने बताएकी छन् । तर उनलाई फर्सि भन्दा फर्सिको मुन्टा निकै मन पर्छ । त्यसैले उनी फर्सिको मुन्टा चोर्ने गरेको बताउँछिन् । वारीमा फर्सिको मुन्टा टिप्न दिँदैनन यदि टिपेको देखेभने उनले बच्ने एउटा गजबको उपाय पत्ता लगाएकी छन् ।
उनीसंगै जाने एक जना उनको दिदीले यो विभिन्न रोगको औषधी हुन्छ हामीलाई यस्तो रोग लागेको छ औषधीको लागि लैजान लागेको भनेर झुटो बोल्ने गरेको विपना आफैले पोल खोलेकी छन् । भारतीय र भारतमा बस्ने नेपालीहरुले फर्सिको मुन्टाको महत्व नबुझेको देखेर भने उनलाई कहिले काँही रिस पनि उठ्छ । फर्सि भनेर लौकाको मुन्टा टिप्न लागेकी एक जना नेपाली महिलालाई उनले त्यसो नगर्नु भन्दै सम्झाएको पनि भिडियोमा देखिन्छ ।
उनी गाडी लिएर फर्सिको मुन्टा चोर्न गएको भिडियो सार्वजनिक गरेकी छन् । जसमा तरकारी वारीको मालिकले त्यो किन टिपेको त्यता नटिप भनेर उनलाई भनेको पनि भिडियोमा देख्न सकिन्छ । उनले म छेउतिर टिप्छु नी भनेर अनुमति समेत मागेकी छन् ।