
काठमाडौं । पारिवारिक विवादलाई लिएर विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको शुक्रबार राति ज्यान लिइएको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा ज्यान लिइएको हो। आफ्नै भाइ ३१ वर्षीय साजन सिंहले धा,रिलो हतियारले प्रहार गरेर उनको ज्यान लिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। उनका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर विवाद र झ’गडा भएपछि राति १०:३० बजेतिर साजनले दाजुमाथि धा,रि लो ह ति’या र प्र,हा र ग रे को पाइएको छ।
गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुर्याइए पनि राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जिसीले बताए। उनका अनुसार हति’यार प्र’हारबाट भोलाको घाँ’टीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको थियो।
‘अति नै गम्भीर अवस्थामा प्रहरीले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल लगेको हो,’ उनले भने, ‘अस्पताल पुर्याएको केही बेरमै चिकित्सकले मृ त घोषित गरिदिए।’ एसपी जिसीका अनुसार मृतकलाई लागेको चो’टका आधारमा घटनामा धा,रि लो ह ति’या र प्रयोग भएको पुष्टि भएपनि कुन ह ति’यार हो भन्ने यकिन भएको छैन।
‘घटनामा प्रयोग गरिएको ह ति यार फेला परेको छैन। खोजी गरिरहेका छौँ,’ उनले भने, ‘घटनास्थलमा सिसा र कुर्सीहरु फुटेका एवं भाँचिएका छन्। घटनास्थल वरपर र’गत लतपतिएको छ।’उनले घटनामा संलग्न साजनलाई पक्राउ गरिसकिएको बताए। उनले सोकेसको सिसाले प्रहार गरेको प्रहरीलाई बताएका छन्। दाजुसँगको झ गडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो।
घटनामा संलग्न साजन आफैँ घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। साजनले मापसे गरेर घटना गराएको पाइएको छ। प्रहरीका अनुसार उनी विगतमा पनि विभिन्न अप’राधिक घटनामा संलग्न साजनलाई प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाही गरेको थियो।
मृतक भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन्। अनुसन्धान कार्यालयका सूचक रहेका उनी एक महिनाअघि तालिमका लागि हेटौँडा गरेका थिए। आफ्नी आमा बिरामी रहेको थाहा पाएका भोला तालिम सकिएपछि केही दिनअघि मात्रै विराटनगरस्थित घरमा पुगेको राष्ट्रिय अनुसन्धान खोटाङका प्रमुख हीरा भट्टराईले बताए। उनका अनुसार भोला खोटाङ फर्किने तयारीमा थिए। तर कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण कार्यालय फर्कन सम्भव नभएको भट्टराईको भनाइ छ।
पारिवारिक स्रोतका अनुसार भोलाले एम्बुलेन्समा चढेर शुक्रबार बिहान कार्यक्षेत्र फर्किन खोजेका थिए। प्रहरीका अनुसार खोटाङ जाने एम्बुलेन्स पनि खोजेर ठिक्क पारेका भोलाले अन्तिम समयमा एम्बुलेन्सले नभ्याएपछि घरमै रोकिनु परेको थियो। उनका १६ वर्ष मुनिका दुई छोरा र श्रीमती छन्।