शुक्रबार ०८ आश्विन २०७८

१४ बर्षको उमेरमा चर्चित बनेकी तेरिया मगर अहिले १८ बर्षकी भैइन । डान्स रियालेटी शोबाट चर्चामा आएकी तेरियाको घर रुपन्देहीको रुद्रपुर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता ‘डान्स इन्डिया डान्समा’ पहिलो स्थान हासिल गरेपछी विश्वसामु चिनिन सफल भईन । तेरिया अहिले मुम्बईमा बस्दै आएकी छिन् उनी मुम्बईमा भएपनी नेपाली भएको कारण नेपालबाट ठूलो माया दिइन्छ । १८ वर्ष पुगेकी तेरिया उमेर बढेसँगै झनै सुन्दर हुँदै गएकी छिन् । उतिबेलाकी फुच्ची तेरिया अहिले जवान र निकै हट भएकी छिन् ।

डान्स ईन्डिया डान्सको बिजेता बनिसकेकी तेरिया भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने वास्तविक कार्यक्रम ‘झलक दिखला जा ९’ को पनि विजेता बनिन् । त्यसपछी त झनै उनको चर्चा चुलियो । झलक दिखला जामा सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो । सलमान युसुफ खान र सान्तनु महेश्वरिलाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी थिईन ।

भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चामा आएकी नेपाली डान्सर तेरिया मगर त्यतिबेला मात्रै १४ वर्षकि थिईन । सानै उमेरमा उनले देखाएको प्रतिभाका कारण अहिले पनि धेरैले मन पराउने गर्छन् । भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी भएर आफ्नो प्रस्तुति दिईसकेकी तेरिया देश तथा बिदेशमा कार्यक्रमकै लागि हिडिरहन्छिन ।

रुपन्देही जिल्लाको रुद्रपुर, सुनगाभाचोककी १८ वर्षकी तेरियाको आमाको नाम अस्मिता फौजा मगर र बाबा बिजय फौज मगर हो । उनलाई धेरैले तेरिया भनेर चिनेपनि पूरा नाम भने तेरिया फौजा मगर हो । भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखलाजा’ दमदार डान्स गरेर प्रतिभा देखाएकी तेरिया पछिल्लो समय गायन क्षेत्रमा पनि सक्रिय हुन थालेकी छिन् । र गायनमा पनि आफिलाई अब्बल गायिकाको रुपमा चिनाउदै लगेकी छिन ।

बेला बेलामा टिकटकमा आफ्नो गायन प्रतिभालाई प्रस्तुत गर्दै आइरहेकी टेरियाले पहिलोपटक कभर गीतमा आफ्नो सुरिलो आवाज दिएकी थिईन । पहिलोपटक ‘तिम्रो मायाले बाँधेर राख’ गीतको कभर गीत गाएपछि उनले राम्रो तारिफ पाईन । अब्बल नृत्यले सबैको मन जित्न सफल तेरिया सामाजिक संजालमा निकै सकृय रहन्छन् ।

तेरिया विभिन्न पोजमा लिगेका तस्बिरहरु सार्बजनिक गरिरहन्छिन । पढाईलाई निरन्तरता दिईरहेकी तेरियाले स्टेज पर्फमेन्सका साथै विभिन्न बिज्ञापनहरुमा खेलेर लाखौ कमाईरहेकी छिन् । सानैदेखी नृत्यमा अब्बल रहेकी तेरियालाई हजुरबुबा निकै ठुलो साथ मिल्यो । नृत्य सिकाउन लैजाने देखि लिएर, भारतको रियालिटी शो सम्म लैजान हजुरबुबा भुमिका रहेको छ, साथ रहेको छ, सहयोग रहेको छ ।


Last Updated on: July 10th, 2021 at 6:28 pm
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया