
काठमाडौं । हरेक मानब जिवनका लागि बिवाह महत्वपूर्ण क्षण हो । यसले नयाँ जीवनको सुरुवात भएको अनुभव गरिन्छ । बिबाहमा खुशी नहुँने सायदै कम हुन्छन् । बच्चादेखि नै हरेक मानिसको सपना जीवन राम्रो ल्याउँने ।
PROMOTED CONTENT
Mgid
Mgid
Do You Want To Lose Weight Without Dieting Or Workout?
BioFit
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries\
सुन्दरी मोडेल अभिनेत्री खुशिको’ सबैलाइ मोहित बनाउने फिगर, हेराैँ उनका मोहि…
खुशी जीवन विताउँने । समाजको गन्ने मान्ने हुने भन्ने हुन्छ ।आज हामी यस्ता तस्वीर देखाउँदै छौ । जुन दुनियाँकै सबैभन्दा अचम्मकाबिबाह भनिएको छ । र इन्टरनेटमा सबैभन्दा भाईरल छन् ।
दुनियाँले सेयर गरेका तस्वीर आखिर कस्ता छन् त हरेक मानब जिवनका लागि बिवाह महत्वपूर्ण क्षण हो । यसले नयाँ जीवनको सुरुवात भएको अनुभव गरिन्छ । बिबाहमा खुशी नहुँने सायदै कम हुन्छन् । बच्चादेखि नै हरेक मानिसको सपना जीवन राम्रो ल्याउँने ।
खुशी जीवन विताउँने । समाजको गन्ने मान्ने हुने भन्ने हुन्छ ।एउटा सुन्दा हामीलाई सामान्य लाग्न सक्छ हामीले किन बिबाह गर्छौ यसको कसरी उत्पति भएको थियो र प्रकारहरु के–के हो त जान्नुहोस आज बिबाहको बारेमा केहि रोचक र अनौठो कुराहरु यस्ता छन् ।
मानव जीवनलाई आदर्श रुपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको हो । आफ्नो सम्पत्ति अरुलाई दान दिँदा विधिपूर्वक दिने चलनजस्तै कन्याका पिताले आफ्नी छोरीलाई धार्मिक विधि अपनाएर कुमारको हातमा सुम्पने चलन चलेको हो ।विवाहको प्रचलन मानिसहरुमा मात्रै छ ।
विवाह प्राचीनकालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्रहरु उल्लेख गरिएका छन् ।
विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ९पाणिग्रहण आदि० पनि ऋग्वेदमा उल्लेख छन् । भन्नुको तात्पर्य के भने वैवाहिक प्रथा त्यस बेलादेखि नै प्रचलनमा थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ ।पुरातनकालमा भने विवाहको चलन थिएन । विवा हको चलनबारे हाम्रा पुराणमा एउटा रोचक कथा पाइन्छ ।
ऋषि उद्दालकका छोराकी पत्नीलाई कुनै बलियो व्यक्तिले जबर्जस्ती लैजान बल गर्यो । यो देखेर उद्दालकले कुनै प्रतिक्रिया जनाएनन् । उद्दालकका छोरा श्वेतकेतुलाई आफ्नी आमामाथि बल,जफ्ती भएको मन परेन ।
उनले त्यसको प्रतिकार गरे । उद्दालकले छोरालाई भने, ‘नरोक, यो हाम्रो पहिलेदेखिकै सामाजिक परम्परा हो ।’ यस घटनाले श्वेतकेतुलाई यति असर गर्यो कि पछि उनले जबरजस्ती अर्कालाई उठाउने व्यवस्था अन्त्य गरे ।
उनले एक पत्नी–एक पतिको व्यवस्थाको पैरवी गरे । अर्को एउटा प्रसङ्गअनुसार दीर्घतमस नाम गरेका ऋषि थिए । उनी जन्मान्ध थिए । उनको निरङ्,कुश य,नाचारको बानी सहन नसकेर पत्नीले उनलाई त्यागिन् ।
यो देखेर दीर्घतमसले महिलाले श्रीमान्लाई छोड्न नहुने नियम बनाए ।
यी सबै घटनामा पतिपत्नीको अनिवार्यता देखिए पनि विवाह र धार्मिक क्रिया जोडिएका थिएनन् ।पत्नीको महत्व कति हुन्छ भन्ने झल्काउनका लागि रामायणको एउटा कथा रोचक छ ।
रामले जीवनमा सीताबाहेक कसैसँग विवाह गरेनन् । सीतालाई पवित्रताको नाममा जंगल छाडेपछि भएको अश्वमेध यज्ञ पूरा हुन सकेन ।
उनले सीताको प्रतिमा बनाएर यज्ञ पूरा गरे ।महाभारत कालसम्म आइपुग्दा चार वर्णाश्रमको व्यवस्था भइसकेको देखिन्छ । महाभारतको आदिपर्वमा आश्रमधर्म र पतिव्रतधर्मका बारेमा उल्लेख गरिएको पाइन्छ ।
शिक्षा ग्रहण गर्न गुरुगुल जाने र त्यहाँ ब्रह्मचर्याश्रम सकिएपछि धार्मिक विधिअनुसार विवाह गर्ने चलन चल्यो । विवाह एउटा संस्कारवान् व्यक्तिका लागि अनिवार्य मानिन थालियो ।
दुई आत्माको पवित्र बन्धनको रुपमा लिन थालियो । मनुष्य अविवाहित हुँदासम्म अधुरो भएको मानिन थालियो ।
फिसोन, टेलर आदि पश्चिमी विद्वानका अनुसार विविध व्यापार र बन्दोबस्तीबाट अकूत सम्पत्ति जम्मा हुन थालेपछि मात्रै एउटा पुरुषले धेरै पत्नी राख्ने चलन विकसित भयो । सम्पत्तिमा दाबी विरोधका किचलो उठ्न थालेपछि मात्रै एउटी पत्नीसँग धार्मिक विवाह गर्ने, सम्पत्तिको हकदार धर्मपत्नीका सन्तानको मात्र हुनेजस्ता नियम थपिन थाल्यो । एजेन्सीको सहयोगमा।
थप यो पनि पढ्नुहोस – पनि श्रीमतीलाई खु’सी बनाउने २५ महत्वपूर्ण सुत्रहरू ! हरेक पुरूषले थाह पाउनुपर्ने कुरा।
आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ?
सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।
(१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।
(४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।(५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने।
(६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
(७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने।
(८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।
(९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने।
(१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान
दिएर सुन्ने।
(११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला।
(१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने।
(१३). श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने।
(१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
(१५). सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जिस्केको भनी ठट्टा गर्ने।
(१६). बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने।
(१७). अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।
(१८).श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
(१९). आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने। (२०).श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।
(२१). श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।(२२)
.श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
(२३). श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने।
(२४). बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने। (२५). फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ। बिबाहको भिडियो यहा हेर्नुहोला।