
काठमाडौँ ।
कोपा अमेरिका २०२१को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई १-०ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
अर्जेन्टिनाको जितमा विंगर एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । खेलको २२औँ मिनेटमा रोड्रीगो डे पलले दिएको लामो पासलाई नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै डी मारियाले गोल गरेका थिए ।