
फेरि पनि छुनै नसकिने गरि बढ्यो टमाटरको मुल्य ! कति पुग्यो ? पूरा हेर्नुहोस –
July 11, 2021 11
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
फेरि पनि छुनै नसकिने गरि बढ्यो टमाटरको मुल्य ! कति पुग्यो ? पूरा हेर्नुहोस – भोजपुर जिल्लामा तरकारीको भाउ आकासिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक लगाए पछि भोजपुरमा तरकारीको भाउ आकासिएको हो । सदरमुकाममा बुधवार र शनिबार लाग्ने हटिया बन्द गरेर अन्य जिल्लाबाट तरकारी आयतमा रोक लगाउने निर्णय गरिएसँगै तरकारीको भाउ महगो भएको उपभोक्ताले बताएका छनकोरोना संक्रमण फैलिन नदिन हटिया बन्द गर्ने निर्णय भए पछि गोल भेडा(टमाटर)को मुल्य प्रति केजी २ सय ५० रुँपैयासम्म पुगेको तरकारी व्यावसायी ऋषिधन राईले बताए ।विगतमा सय रुँपैयासम्म गोलभेडाको मुल्य पुगेको स्मरण गर्दै राईले भने –‘यस पटक भाउ अचाक्ली बढ्यो, यस अघि भारत र तराईका जिल्लाबाट तरकारी ल्याउदा ३० देखि ४० रुपैयामा गोलभेडा बिक्री हुने गरेको थियो ।
काठमाडौं– मनसुनी वायुको कारण आज ९आइतबार० पनि देशका धेरैजसो भू–भागमा वर्षा हुने मौसमविदले बताएका छन् । आज दिउँसो देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश–१, वागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको विभागले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।