बुधबार ०३ कार्तिक २०७८

आफ्नो अटोमा यात्रुले पैसा र गहना सहितको छोडेको झोला यी अटो चालकले फिर्ता गरिदिए
July 11, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
घोराहीमा एक जना अटो चालकलाई प्रहरीले सम्मान गरेको छ । आफ्नो अटोमा एक जना यात्रुले पैसा र गहना सहितको झोला बिर्सिएर गएपछि उक्त झोला ति चालकले प्रहरीलाई बुझाएका थिए ।

शुक्रबार घोराही १३ बसपार्क देखि तुलसीपुर चोक सम्म रा १ह २१५३ नम्बरको अटोमा जादा रोल्पा रुन्टिगढि गाउपालिका ७ की ३० कि मतिकला बूढा उक्त झोला बिर्सिएर गएकी थिइन् । उनको उक्त झोलामा नगद ३७ हजार र एक तोला सुनको सिक्री रहेको थियो । उक्त अटो चालक घोराही १३ का २९ वर्षीय राम प्रसाद झाँक्री मगरले सकुशल जिल्ला प्रहरी कार्यालय घोराही दाङमा बुझाएका थिए ।

उनले इमान्दारपूर्वक उक्त पैसा र गहना सहितको झोला प्रहरीलाई बुझाएपछि उनलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । त्यसपछि प्रहरीले बुढाको पहिचान गरी नगद र गहनासहितको उनको झोला हस्तान्तरण गरेको जनाएको छ ।


Last Updated on: July 11th, 2021 at 7:15 pm
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया