
काठमाडौं। नेपालमा सवारी चालक रहेका आफ्ना पतिको मृ’त्यु भएको पिरले विदेशमा रहेकी एक युवतीले आ’त्मह’त्या गरेकी छन्।
दोलखाको गौरीशंकर गाउँपालिका-८, खरेका चालक सुबिन तामाङको गत आइतबार बोलेरो दु’र्घटनामा परी मृ’त्यु भएको थियो। सोही रात युरोपियन मुलुक
PROMOTED CONTENT
Mgid
Mgid
You Want To Lose Weight Fast Without Dieting Or Workout Routines?
BioFit
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
निषेधाज्ञामा कडाइ, घर बाहिर निस्किनु अघि यो सूचना पढ्नुहोला, अन्यथा कारवाह…
साइप्रसमा घरेलु कामदार रहेकी उनकी पत्नी २३ वर्षीया शुक्री तामाङले आ’त्मह’त्या गरेकी हुन्।
त्यहाँको प्रहरीको भनाइ उधृत गर्दै गैरआवासीय नेपाली संघ साइप्रसले जनाएअनुसार शुक्रीले टिकटक भिडियोमा आफ्ना आमाबुबा,
सासूससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’सँगै जान लागेको उल्लेख गरेकी छन्।
उनले टिकटकमा मृ’तक श्रीमानको दु’र्घटनाग्रस्त तस्बिर राख्दै भनेकी छन्, ‘मिस यु मुटु। म आउँदै छु। हामी भेट हुनुपर्छ है।’
आफन्तका अनुसार शुक्री र सुबिनको विवाह भएको एक वर्ष पनि पुगेको थिएन। विवाहलगत्तै शुक्री २०१९ अक्टोबरमा साइप्रसको लार्नाका सहरमा घरेलु कामदार बनेर गएकी थिइन्।
परिवारको आग्रहअनुसार उनको शव नेपाल ल्याइने बताइएको छ।