शुक्रबार १९ जेठ २०८०

लक्ष्मी भण्डारी
लकडाउनका कारण धेरै ब्यक्तिको जीवनशैलीमै परिवर्तन आएको छ ।

घरमै बसेर नयाँ नयाँ परिकार बनाएर खाने, लामो समय टेलिभिजन हेर्ने, मोवाइलमा सोसल मिडिया हेर्ने, गेम खेल्ने, सुत्ने जस्ता कामहरु बढी हुन थालेकाले मानिसहरुमा मोटोपन पनि बढाइरहेको छ ।

PROMOTED CONTENTAdskeeper

7 Little-Known Facts About Barron Trump
234
59
78

Husband Divorces Wife After Looking At This Photo
827
207
276

Prince Harry And Meghan Markle Having Marriage Problems
573
143
191
मोटोपन बढेको कारण धेरैलाई चिन्ता भएपनि घटाउने उपायहरु अहिले लकडाउनका कारण पनि कम छन् । जिम, मर्निङ वाक, स्विमिङ, खेलकुद गतिविधिमा सहभागि हुन मिल्दैन भने घर भित्रै बसेर गर्न मिल्ने योग र कसरत पनि एक्लै गर्नुपर्दा कतिलाई झन्झटिलो लाग्छ ।

शरीरको तौल बढ्दा जो कोहीलाई चिन्ता हुनु स्वभाविक हो । अझ महिलाहरुलाई बढी चिन्तित बनाउने गर्छ । महिलाहरुको पेटमा लाग्ने बोसोले उनीहरुलाई बढी तनाव दिने गर्छ । ब्यायाम र योग गर्न पनि नचाहने र शरीरमा बोसोको मात्रा बढ्यो भनेर चिन्तित हुने ब्यक्तिहरुले आफ्नो खानपिन शैलीलाई केही सुधार गरेर सन्तुलित भोजन लिएरपनि शरीरको तौल घटाउन सक्छन् ।

यसबारे हामीले केहि जानकारी प्रस्तुत गरेका छाैँ ।

दही

दैनिक एक कचौरा दही सेवन गर्नाले तौल र पेटको बोसो कम गर्न सकिन्छ । यसमा क्याल्सियम, प्रोटीन, भिटामिन हुन्छ जसले वजन कम गर्नका साथै स्वस्थ राख्न मद्दत गर्दछ । दहीमा रहेको प्रो–बायोटिक ब्याक्टेरियाहरूले पाचन प्रणालीमा सुधार गर्छ । जसको कारण दहीले पेटका धेरै किसिमका समस्याहरुलाई समाधान गर्छ । यो वाहेक दहीले ग्याँस, कब्जियत तथा पेट फूल्ने समस्यालाई कम गर्छ ।

ग्रिन टी

एक कप ग्रिन टी दैनिक पिउंदाँ शरीरको बोसो कम हुन्छ । शरीरमा भएको बोसोलाई कम गरेर र तौललाई नियन्त्रणमा राख्न ग्रिन टीले मद्धत गर्छ । ग्रिन टी ले शरीरको पाचनक्रियालाई राम्रो बनाउछ भने अनावश्यक क्यालोरीहरूलाई नष्ट गर्न मद्दत गर्दछ । ग्रिन टीमा फ्लेभोनोइडको एक प्रकार हुन्छ, जसलाई क्याफिन भनिन्छ, जो एक एन्टिअक्सिडेन्ट हो । क्याफेचिनले थप फ्याटलाई कम गर्न मद्दत गर्दछ, जबकी दुबै क्याफेचिन र क्याफिनले शरीरलाई उर्जा दिन मद्दत गर्छ ।

अण्डा

अण्डा प्रोटीनको उत्तम स्रोत हो । यसले शरीरको मेटाबोलिजम सुधार गर्दछ र पेटको बोसो कमगर्न मद्धत पुऱ्याउंछ । अण्डाले ऊर्जा दिन्छ, जसले अत्यधिक खाना सेवनलाई रोक्छ । तौल घटाउन अण्डाको सेतो भाग मात्र खानु पर्छ ।

केरा

केरा वजन कम गर्ने सही विकल्प हो । यसमा फ्याटको मात्रा कम र फाइबर तथा भिटामिनको मात्रा उच्च हुन्छ । केरामा रहेको डाइटरी फाइबरले पानी अवशोषण गर्दछ जसले पेटमा धेरै ठाउँं लिन्छ र यसले लामो समयको लागि अघाएको महसुस गराउदछ ।

बदाम

धेरै पौष्टिक तत्वहरूले भरिएको बदाम दिमागको गति बढाउनका लागि मात्र होइन, यसको सेवनले तौल घटाउन पनि लाभदायक मानिन्छ । यसको थोरै सेवनले पेट भरिन्छ र बढी खाना खानलाई नियन्त्रण गर्छ । साथै, केरामा भएको जिंक र भिटामिन बीले सुगरबाट हुने समस्याहरु नष्ट गरिदिन्छ ।

लसुन

यदि तपाई वजनसंगै पेटको बोसो घटाउन चाहनुहुन्छ भने बिहान खाली पेटमा पानीको साथ कांचो लसुनको एक पोटी खानुहोस् । यतिमात्र नभइ, यदि तपाई उमालिएको पानीमा लसुनसंग कागतीको रस पिउनुहुन्छ भने तपाईले दुई गुणा छिटो तौल घटाउन सक्नुहुनेछ । लसुनको दैनिक सेवनले मेटाबोलिजम र प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । नारी म्यागजीनको सहयोगमा


Last Updated on: July 12th, 2021 at 12:31 am
२५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया