
२८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि चुम्दा मेस्सिले मैदान बाट कसलाई गरे भिडियो कल ?
FacebookTwitterPrintMore
काठमाडौं । आइतबार बिहान माराकाना रंगशालामा सदाबहार प्रतिद्वन्दी ब्राजिललाई १–० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो । फाइनलबाहेकका खेल बन्द रंगशालामा हुनु र युरोपियन च्याम्पियनसिप पनि एउटै समयमा भएकाले कोपा अमेरिकाको चर्चा अपेक्षित हुन सकेन ।
तर, विश्व फुटबलका दुई पावर हाउस अर्जेन्टिना र ब्राजिलको फाइनलमा भेट निश्चित भएसँगै प्रतियोगिताको सरगर्मी एक्कासी बढेको थियो । र, सर्वकालिन महान् फुटबलरमध्ये एक- लियोनेल मेसीका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सम्भावित अन्तिम मौका थियो । र, ब्राजिललाई माराकानामा पराजित गरेसँगै मेसीले पहिलो र अर्जेन्टिनाले २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जिते ।
कोपा अमेरिका २०१५ र २०१६ मा लगातार फाइनल हारेको अर्जेन्टिना २०१९ मा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएको थियो । सन् २०१४ विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिना पटक–पटक उपाधि नजिक पुगेको थियो ।
अन्ततः कोपा अमेरिका २०२१ को उपाधि जितेसँगै ६ पटकका बालोन डी’अर विजेता मेसीले ट्रफी ब्याबिनेटमा एउटा अन्तर्राष्ट्रिय उपाधि पनि राख्न पाउने भएका छन् ।अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिली स्टार नेयमार संयुक्त रुपमा कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मेस्सीले सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि पनि जिते ।
दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) को प्राविधिक टोलीको अध्ययन पछि मेस्सी र नेयमारलाई संयुक्त रुपमा कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको हो । कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वाेत्कृष्ट खेलाडीको अवार्ड बाँडेका छन् । समापन समारोहमा भने मेस्सीले मात्र अवार्ड ग्रहण गरे । कन्मेवलको छनोट समितिले दुई मध्ये एक खेलाडीलाई मात्रै छान्न असहज भएकाले दुवै खेलाडीलाई कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले घरेलु टोली तथा साविकको विजेता ब्राजिललाई १–० ले हराउँदै २८ वर्षपछि कोपाको च्याम्पियन बनेको थियो । यस्तै मेस्सी पनि अर्जेन्टिनाबाट पहिलो उपाधि जित्न सफल भए । ‘मेस्सी र नेयमार कसलाई सर्वाेत्कृष्ट बनाउने यो छान्न हामीलाई सहज थिएन । उनीहरु उत्कृष्ट खेलाडी हुन् । कोपामा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्,’ कन्मेवलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘उनीहरुले प्रत्येक खेलमा प्राविधिक र रणनीतिक रुपमा उत्कृष्ट खेल पस्किएका छन् । उनीहरुकै उच्च प्रदर्शनमा दुवै टोली फाइनलमा पुग्न सफल भएका हुन् । सोही कारण उनीहरु दुवै कोपाको सर्वाेत्कृष्ट खेलाडी हुन् ।’ कन्मेवलको विज्ञप्तिमा उल्लेख छ । मेस्सीले कोपाको ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका छन् । यता नेयमारले ६ खेलमा २ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए । मेस्सी र कोलम्वियाका लुइस डियाजले समान ४ गोल गरेका थिए । असिस्टमा मेस्सी अघि रहेकाले उपाधि जिते ।
यो उपाधिसँगै मेसीले अर्जेन्टिनाका लागि पहिलो मुख्य उपाधि जितेका छन्। जितपछि खुसीले अर्जेन्टिनाका खेलाडी उफ्रिए। एक-अर्कालाई बधाई दिए। तर पराजित टोलीका खेलाडी नेइमार पनि अर्जेन्टिनी खेलाडीले खुसी मनाइरहेको ठाउँमा गए र मेसीलाई अँगालो मारे। उनीहरूले झन्डै १ मिनेटसम्म एक-अर्कालाई अँगालो हालिरहे। यो क्षणले दुबै टिमका समर्थकलाई भावुक बनायो। भिडिओमा नेइमारले मेसीलाई बधाई र मेसीले नेइमारलाई सान्त्वना दिइरहेको जस्तो देखिन्छ। नेइमार र मेसीको उक्त अँगालोको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
उपाधिका लागि प्रतिष्पर्धा गरेका नेइमार र मेसीको मित्रता गहिरो छ। केही समयअघि सम्म उनीहरू स्पेनिस क्लब बार्सिलोनामा सँगै फुटबल खेल्थे। पछिल्लो समय नेइमार बार्सिलोनाबाट फ्रान्सेली क्लब पिएसजी गएका छन्। अहिले क्लब फरक परे पनि मेसी र नेइमारको मित्रता भने कायमै छ।