शनिबार ०६ कार्तिक २०७८

काठमाडौ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुरा घर भएकी सुजिता ठाकुरलाई उनका श्रीमानको घरका परिवारले अर्कै केटासंग भागेको हल्ला चलाए । घटना भएको दिन सुजिताले आफ्ना बुवालाई फोन गरेर रुँदै मलाई यस्तो घरमा किन विवाह गरेर दिएको भनिन् । उनले बुवालाई फोन गर्दा पछाडी अरु मान्छे ठूलो स्वरमा बोलेको आवाज पनि सुनिन्थ्यो ।

झ ग डा भएकै बेला उनले बुवालाई फोन गरेकी थिइन् । त्यती नै बेला उनका देवरले पनि सुजिताको वुवालाई फोन गरेर तुरुन्त यहाँ आएर आफ्नी छोरी लैजानु भनेका थिए । तर आधा घण्टा पछि उनै देवरले यहाँ कुरा मिलिसक्यो आउन पर्दैन भने । छिनछिनमा कुरा फेरीएपछि सुजिताको माइतीलाई शंका लाग्यो । विहानै छोरीको घरमा पुगे । तर उनका श्रीमान र परिवारका सदस्यले सुजिता अर्कै केटासंग भागेको भने ।

उनी गत जेठ महिनाको १९ गतेदेखि हराएकी थिइन् । तर २६ वर्षीया सुजिता ठाकुरको निधन भइसकेको प्रमाण असार १३ गते फेला परेको थियो । कपाल, तन्ना लगायतका केही सामान आफ्नै खेतमा गा डे को अवस्थामा फेला परेको थियो ।

माइती पक्षले भने सुजिताको शव देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससूरा पतिराम ठाकुर सहित परिवारजनले लुकाएको आरोप लगाउँदै आएका थिए । सुजिताका सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि यस्तै बहिनीलाई सि ध्या इ दिने चेतावनी दिएका थिए । प्रहरी कार्यालयमा गएर मिलापत्र गरेर आएको हो । मेरो बहिनीलाई उनको देवर रुपेश ठाकुरले तकिया मु खमा कोचेर मा र्न खोजेको थियो ।

शिवम पाण्डेले भने ुजेठ महिनाको १९ गते सुजिताको देवरले फोन गरेर सुजिताले झ ग डा गरेको छ तपाईँहरु आउनुस् लिएर लैजानुस् भने । फेरि एकैछिनमा फोन गरेर आउनु पर्दैन, सबै कुरा मिलिसक्यो भने । पछि २१ गते बहिनीको ससूराली भ्रमरापुर गएर बुझ्दा तपाईँको छोरी बहिनी अर्कैसँग गैसक्यो भनेर हामीलाई भनियो, हामीलाई विश्वास लागेन ।

उनको जेठ २० गते नै ज्यान लिइएको अनुसन्धानवाट खुलेको भएपनि शव फेला परेको थिएन । सुजिताको शव ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टङ्कीमा फेला परेको प्रहरीले जनाएको छ । सडि सकेको अवस्थामा शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

गएको जेठ १३ गते खेतमा गहिरो खाल्डो भित्र कपाल, नुन, तन्ना र डो री फेला पारेको थियो । शव फेला नपरेपछि खोजी गरिएको थियो । सोमवार शौचालयको सेफ्टी ट्यांकीमा सुजिताको शव फेला परेको छ । स डे को अवस्थामा फेला परेको शव सुजिताको माइतीपक्षले पहिचान गरेका छन् । अहिले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

महोत्तरी प्रहरीले सुजिताका श्रीमान र देवरलाई पक्राउ गरेको छ । सासू, ससुरा पतिराम र देवरानी रोमा फ रा र छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: July 12th, 2021 at 2:09 am
२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया