शुक्रबार ०५ आश्विन २०८०

मेस्सीले जिते गोल्डेन बल

FacebookTwitterPrintMore
काठमाडौं – अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनाले जित निकाल्दै उपाधि चुमेको हो । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले पराजित गरेको हो ।

खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पनि सानदार प्रदर्शन गरे । यससँगै मेस्सी कोपा अमेरिका यस संस्करणका सर्वाधिक गोलकर्ता बनेका छन् । चार गोलसहित पाँच असिस्ट गरेका मेस्सीले गोल्डेन बल पनि पाएका छन् ।

उक्त खेलमा अर्जेन्टिनालाई एन्जेल डी मारियाले गोल गरी उपाधि दिलाएका हुन् । उनले खेलको २२ औँ मिनेटमा गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन । डी मारियाको गोल नै निर्णायक बन्यो ।

उक्त खेलमा अर्जेन्टिनालाई एन्जेल डी मारियाले गोल गरी उपाधि दिलाएका हुन् । उनले खेलको २२ औँ मिनेटमा गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन । डी मारियाको गोल नै निर्णायक बन्यो ।

डी मारियाले गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए । दोस्रो हाफमा ब्राजिलका फ्रेडको स्थानमा रोबर्टो फिर्मिनोलाई मैदानमा पठाए पनि गोल गर्न मुस्कील नै पर्यो । ६५ औं मिनेटमा मेस्सीले पेनाल्टी आन्ने मौका पाए । तर मेस्सीले गोल गर्न सकेनन् ।


Last Updated on: July 12th, 2021 at 2:11 am
५६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया