
भ्वाईस अफ नेपाल सिजन ३ बाट आउट भएपछी चर्चामा आएको एउटा नाम हो सन्जु मोक्तान । ब्याटल राउन्डबाट आउट भएकी उनी केही समय निकै चर्चामा आईन । यस्तै नकआउट राउन्डबाट आउट भएकी अर्की प्रतिस्पर्धी हुन् सुजिता योन्जन ।
सन्जुले ब्लाईन्ड अडिसनमा ‘नसुनेझै गरि मेरो कुराहरु आज फेरी’ बोलको गीत गायर चार वटै कुर्सी घुमाएर रकिङ प्रस्तुती दिएकी थिईन । टिम प्रमोदमा परेकी उनको ब्याटल राउन्डमा रबि गहतराजसंग भेट भएको थियो \
ब्लाईन्ड अडिसन, ब्याटल राउन्ड हुँदै नकाआउटमा पुगेकी अर्कि प्रतिस्पर्धी सुजिता योन्जन नकआउटबाट भैइन । ब्लाइन्ड अडिसनमा मनिला सोताङको ‘दुख्छ छाती,पोल्छ मुटु’ बोलको गीत गाएकी उनलाई कोच दिप श्रेष्ठले आफ्नो टिममा लिएका थिए । ब्याटलमा सुजिताको भेट अर्का प्रतिस्पर्धी विवेक रुचालसंग भएको थियो ।
उनको सालिनता र मिठास बोलिले अहिले सबैलाई मन्त्रमुग्ध बनाएको छ । ब्लाईण्ड र ब्याटलमा राम्रो प्रस्तुति दिएकी सुजिताले नकाआउटबाट आउट भैइन । नकआउटमा उनको भेट सुनिल थापा मगर, आर्यन तामाङ संग भएको थियो ।
भ्वाईसबाट बाहिरिए पश्चात दुबै जना एकसाथ मिडियामा देखिएका छन् । अन्तर्बार्तामा दुबै जनाले एकअर्काको तारिफ गर्न भुलेनन । सुजिताले अडिसनमा सन्जुको भ्वाईस सुनेर फ्यान भैसकेका थिईन ।
उमेरले सन्जु भन्दा सुजिता धेरै कान्छी छिन् । अन्तरबार्तामा सुजिताले सन्जुले अडिसनमा गाएको गीत सुनाएकी थिईन भने सन्जुले आफ्नो नयाँ गीत सुनाईन । हेर्नुस भिडियो ।