मंगलबार ०९ आश्विन २०८०

काठमाडौ । गायिक अञ्जु पन्तले थिर कोइरालासँग विवाह गरेपछि दुई जनाबीचको पहिलो भिडिओ सार्वजनिक गरेकी छन्। जहाँ उनीहरू गीत रिहर्सल गरिरहेको देखिन्छ।

उनले क्रिश्चियन परम्परा अनुसार थिरसंग विवाह गरेकी हुन्। एक वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरे पछि उनीहरुको संगैका तस्बिर र भिडियो सार्वजनिक भएका हुन् । उनका प्रेमी थिर कोइरालासंग दोस्रो बिहे गरेकी छन् । थिरको पनि दोस्रो विवाह हो ।

केही महिना थिर कोइरालासँग पाटनको एक चर्चमा उनले क्रिश्चियन परम्पराबमोजिम विवाह गरेकी थिइन् । अञ्जुले आफ्नो अफिसियल युट्युबमार्फत त्यसको भिडिओ सार्वजनिक गरेकी हुन्। गायिका पन्तले इलाम घर भएका कोइरालासँग गत बुधबार दुवै पक्षका परिवारका सदस्य र नजिकका सीमित आफन्तबीच पाटनस्थित चर्चमा विवाह गरेकी हुन्।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्, परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बताइएको छ।


Last Updated on: July 12th, 2021 at 2:23 am
६१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया