
धमाधाम नेपाली कलाकाहरुले लगनगाँठो कसिरहेको बेला लामो समयदेखि नायक सौगात मल्लसँग लिभिङ्ग टुगेदरमा रहेकी नायिका श्रृष्ठीलाई धेरैले प्रश्न गर्छन् । बिहेभोज कहिले खाने ? तर उक्त पश्नको उत्तर भने उनले दिन सकिरहेकी छैनन् ।
विगत ४ वर्षदेखि लिभिङ टुगेदरमा रहेको यी जोडीले परिवारबाट आएको बिहेको दबाब थेगिरहेका छन् । तर, तत्काल बिहे गर्ने योजनामा छैनन् । समय आएपछि बिहे हुनेमा दुबै ढुक्क छन् । श्रृष्टी र सौगात बिहेको बिषयमा सकारात्मक छन् । तर, त्यो दिनको प्रतिक्षामा उनीहरु छन् जुन दिन उनीहरु सामाजिक रुपमा नै एक अर्काको अंगालोमा बाँधिदिने छन् ।
सामाजिक सञ्जालमा पनि उनि निकै सक्रिय छन् । इन्स्टाग्राममा ६ लाख २२ हजार भन्दा बढी फ्लोअर्स कमाएकी श्रृष्टीले त्यहाँ राख्ने तस्विरहरुले बेला बेला चर्चा पाएका हुन्छन् ।
पछिल्लो समय भने उनले लेहेङ्गा लगाएका केही तस्विरहरु शेयर गरेकी छिन् । धेरै फ्यानहरुले उक्त तस्विरमा सुन्दर देखिएको प्रतिक्रिया दिइरहेका छन् ।
श्रृष्टीलाई आफन्तको बिहे गज्जबैले लागेको छ । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरमा उनी खुलेकी छिन् । श्रृष्टीलाई दर्शकहरुले कहिले बिहे गर्ने भन्ने प्रश्न पनि सोझाएपनि यस बिषयमा उनी माैन छन् ।
यो जोडीले धमाधम चलचित्रमा भने काम गरिरहेको छ । सौगातले आफूले काम गर्ने अधिकांश चलचित्रमा श्रृष्टी नै नायिका हुनुपर्ने शर्त अगाडि राख्छन् भन्ने पनि गरिन्छ ।