
कञ्चनपुर /
स’शस्त्र प्र’हरीले भारतीय लु’टेराहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लु’टेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फि’र्ता ल्याएको छ । नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फि’र्ता ल्याइएको हो ।
भारतीय चो’रले भैँसी चो’रेर लगेको जानकारी पाउनासाथ बोर्डर आउटपोष्ट झिलमिलाबाट स’शस्त्र प्र’हरी निरी’क्षक योगेन्द्र भण्डारीको क’माण्डमा रहेको १० जनाको टोली, झिलमिलाबाट प्रह’री नायब निरीक्षक रामबहादुर बोहराको कमाण्डमा तीन र भैँसीवाला स्थानीयवासीसहितको टोलीले भारतीय सुर’क्षाकर्मीको सहयोगमा भैँसी फि’र्ता ल्याएको सश’स्त्र प्र’हरी ब’ल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सश’स्त्र प्र’हरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो ।
“चो’री गरिएकामध्ये १२ वटा भैँसी चो’रहरुले लग्दै गरेको अवस्थामा फे’ला पारेका छौँ”, उहाँले भन्नुभयो, “एक भैँसी फे’ला पर्न सकेको छैन । चो’रीमा संलग्न भने फ’रार भएका छन् ।” भारतीय टाटरगञ्ज ग्राम पञ्चायतका प्रधान सतननाम सिंहले समेत भैँसी फि’र्ता ल्याउन सहयोग गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै रहेको सीमास्तम्भ नम्बर ७८८७ बाट भारतीय पाँच जनाको समूहमा रहेका चो’रले भैँसी चरा’इरहेका शिवराज उपाध्यायका छोरा १७ वर्षीय अरुण उपाध्यायलाई ड’र त्रा’स देखाई शुक्रबार १३ वटा भै’सी भारततर्फ लगेका थिए ।
भारतबाट फि’र्ता ल्याइएका भैँसीमा शङ्कर थापाका दुई, नवराज कठायतको एक, गोमा रावतको दुई, चन्दबहादुर रावतको पाँच र तेजबहादुर रावतका दुई रहेका छन् । शिव उपाध्यायको एक भैँसी फे’ला पर्न सकेको छैन । सम्बन्धित व्यक्तिलाई भैँसी बुझाइएको स’शस्त्र प्र’हरीको भनाइ छ ।