
युराे कप विजेताले के कति पुरस्कार राशि पाउछ त ?
July 12, 2021 13
20
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं ,असार २७ । १६ औँ संस्करणको युरो कप “युरो २०२०” उपाधिका लागि इटली र इंग्ल्याण्ड खेल्दैछन् । यी दुई टोलीबीचको खेल आइतबार राति हुनेछ ।दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।१ पटकको विजेता इटली ९ वर्षपछि फाइनल पुगेको हो भने इंग्ल्याण्ड पहिलो पटक पुगेको हो । सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको हो ।
११ वटा देशका शहरमा एकसाथ आयोजना भएको युरोकपमा यस पटक दुवै आयोजक फाइनल पुगेका छन् । समूह ए मा रहेको इटलीले समूह चरणको सबै खेल घरेलु मैदानमा खेलेको थियो ।इंग्ल्याण्डले क्वार्टरफाइलबाहेकका सबै खेल घरेलु मैदान वेम्बलीमा खेलेको थियो ।
युरोकपलाई ‘मिनी विश्वकप’ भनेर पनि चिनिन्छ ।युरो कपको कुल पुरस्कार राशी ३ करोड ७० लाख युरो बराबर रहेको छ । यो ५ अर्ब २२ कराेड नेपाली रुपैयाँ हुन आउँछ ।२४ देश सहभागी यो प्रतियोगितामा उपाधि जित्ने टोलीले करोडौं पुरस्कार राशि पाउँछ ।
युरोकप विजेताले १ करोड युरो अर्थात् १ अर्ब ४१ करोड ३४ लाख रुपैयाँ पाउने छ ।यस्तै, दोस्रो हुने देशले ७० लाख युरो अर्थात् ९९ करोड १५ लाख रुपैयाँ, तेस्रो र चौथो हुनेले ५० लाख युरो अर्थात् ७० करोड ८२ लाख रुपैयाँ पाउने छन् ।त्यस्तै, क्वाटरफाइनलिष्ट ४ देशले ३२ लाख ५० हजार युरो अर्थात् करिब ४६ करोड ३ लाख रुपैयाँ हात पार्ने छन् ।
अन्तिम १६ मा पुगेको टोलीले २८ करोड २२ लाख नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । समूह चरणकाे प्रत्येक जीतमा २१ करोड १६ नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । समूह चरणमा बराबरी हुनेले १० करोड ५८ लाख नेपाली रूपैयाँ प्राप्त गर्नेछन् ।