बिहिबार ११ कार्तिक २०७८

पछिल्लो समयकी लोकप्रिय गायिका हुन् टीका सानू। प्रत्यक्ष दोहोरी गाउन अब्बल टिकाका सयौं गीतहरू बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू दर्शक स्रोताले अत्याधिक रुचाएका छन् ।

त्यसो त टिकाले पछिल्लो केही वर्षयता नयाँ तीजको गीत पनि बजारमा ल्याउँदै आएकी छिन् । टिकाले यस् वर्ष पनि नयाँ तीज गीतको तयारी गरेकी छिन् । उनले “बुहारी” गीतको चौथो सिक्वेल निर्माण गरेकी छिन् ।

यस् वर्षको लागि तीज गीतको अडियो भिडियो निर्माण कार्य अन्तिम चरणमा रहेको भन्दै टिकाले एउटा स्टाटस समेत आफ्नो फेसबुकमा लेखेकी छिन् । उनको स्टाटस हेर्दा एसिड आक्रमणको कथा गीतको भिडियोमा हुन सक्ने अनुमान लगाउन सकिन्छ। किनभने उनले सार्वजनिक गरेको तस्वीरमा टीका ए’सिड आ’क्रमण भएको अवस्थामा देखिएकी छिन् ।
उनले लेखेको फेसबुक स्टाटस यस्तो छ ;-

तीज गित (2078)
बुहारी भाग 4 को को छायांकन सम्पन्न भयको छ।
काम गर्दा धेरै अप्ठ्यारो भयो 2/3 चोटि स्थगित पनि भयो ।
आखिरी मा (2078-03-26) गते सकियो । काम गर्दै जादा कति समेट्न खोजियका कलाकार हरु छुट्नुभयो नसोचेका कलाकार जोडिनुभयो काम निकै राम्रो मेहेनत गरेका छौ सबै जना ले !
धन्यवाद छ सबैलाइ।
कलाकार हरु= रमा थपलिया, सुरबिर पन्डित , गोमा केसि , दिपाशा बिसि , टीका सानू , बबिन ठकुरी ,प्रशान्त बि क , निशान्त बि क , चित्रा पुन , सम्पृया खड्का,बिक्रम आचार्य , धनमाया नेपाली, दिनेश श्रेष्ठ ,सन्ध्या रेग्मी, बिनिता बहिनी बालकलाकार राम लक्ष्मण लगायात अनिता लामा दिदी को ग्रुप लाई हार्दिक आभार छ।
छायांकन = सागर गौतम
निर्देशन = मान्शिङ खड्का
श्रीङ्गार = राकेश रणपाल
अब को 2/4 दिन मै टीका सानू युटुब च्यानल मार्फत आउदैछ प्रतीक्षा गर्नुहोला धन्यवाद ।


Last Updated on: July 12th, 2021 at 11:55 am
१३२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया