मंगलबार १२ आश्विन २०७८

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला दुर्गम क्षेत्रमा इन्टरनेट पुर्‍याउन सरकारले अनुदानको व्यवस्था गर्नुपर्छ कनेक्टिभिटी अर्थात इन्टरनेटको महत्व कति छ भन्ने कुरा कोभिडले सिर्जना गरेको समस्याबाट प्रष्ट भइसकेको छ ।

तर, ग्रामीण क्षेत्रमा हुने नागरिकले सहरी क्षेत्रमा उपलब्ध भएको जस्तो सुविधा पाउन सकेका छैनन् । अहिले निजी स्कुलहरूले अनलाइन क्लासहरू सञ्चालन गरिरहेका छन्

तर ग्रामीण क्षेत्रका सरकारी स्कुलका विद्यार्थीले भने अनलाइन क्लासमा सहभागी हुन पाइरहेका छैनन् । यसका लागि डेटाको समग्र ईकोसिस्टम (पारिस्थितिक प्रणाली) चाहिन्छ । जसमा आधारभूत मेरुदण्डको रुपमा नेटवर्क पूर्वाधार, सर्वसुलभ सेवा शुल्क, प्रयोग गर्ने सीप तथा साक्षरता, र उपकरण तथा एप्लिकेसनमाथिको पहुँच आदि पर्छन् ।

यसको अभावमा कनेक्टिभिटी हुँदा समेत त्यसको सदुपयोग हुन सकिरहेको हुँदैन । त्यसैले कनेक्टिभिटीसँगै आवश्यक अन्य संसाधन तथा त्यसको उपयोगमा समेत अभिवृद्ध ल्याउने गरी सरकारले आवश्यक नीतिसमेत चाहिन्छ । संयुक्त राष्ट्रसंघ तथा युनिसेफले विश्वव्यापी रुपमा स्कुलहरूलाई कनेक्ट गराउन ‘गिगा ए’ (GigaA) योजना अगाडि सारेको छ ।

यसमा सरकारी, सार्वजनिक र निजी संघ-संस्थाको समेत सहयोग, संयोजन र सहकार्य आवश्यक देखिन्छ । त्यसो हुन सकेको खण्डमा डिजिटल विकासको सन्दर्भमा देखिएका चुनौति पार गर्न र कनेक्टिभिटीलाई बढावा दिन सकिन्छ । डिजिटल नेपालको सरकारी लक्ष्यसमेत यसैमा निर्भर छ


Last Updated on: July 12th, 2021 at 6:35 pm
२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया