आइतबार १४ आश्विन २०८०

एचबी ताम्राकारले नयॉं कार्यक्रम ‘COVID:19—The Second Wave With HB’ शुभारम्भ गरेका छन् । पहिलो कार्यक्रमको पाहुनाको रुपमा नेपालकै बरिस्ठ महिला तथा प्रसुती रोग बिशेषज्ञ डा तुम्ला लाकौल शाह सँग बिशेष कुराकानी गरेका छन् ।

कोरोना लागेको महिलाले भ्रखरै जन्मेको आफ्नो बच्चालाई केयर गरेर दुध खुवाउदा केहिपनि असर नहुने डा. तुम्ला शाहले बताएकी हुन् । योजना विना महिलाको पेटमा बच्चा रहेको अवस्थामा समयमै सम्पर्क गरेर निर्णय गर्न आवहान गर्दै , औषधि, सिरिंज र क-ण्डोम को प्रयोग गरेरपनि सुरक्षित हुन् डा.शाहले विशेष जोड दिनुभयो ।

सवै नारीहरुलाई विशेष आग्रह गर्दै डा. तुम्ला शाहले प्रत्येक दिन दुई पटक फरक पेन्टी प्रयोग गर्नैपर्ने बताएकी हुन् । यौ- नी लामोसमयसम्म भीज्नु भनेको महिलाकोलागि ख़तरनाक कुरा भएको बताउदै , निरंतर सफा गरेर सुक्खा राख्नुपर्ने बताईन् ।

डा. शाहका अनुसार कोरोना पोजेटिभ श्रीमान र श्रीमती विच यौ -न स-म्पर्क गर्न सकिने पनि बताई । यस्तो गर्दा कुनैपनि असर नहुने बताउनु भयो । नेपालमा गाईनोको समस्या हुनेहरुलाई कोरोना हुदा कुनैपनि असर नहुने तर सवैले सचेतना अपनाउनुपर्ने बताईन् ।

नेपालमा पछिल्लो समयमा महिलाहरुको महिनावारी को समयमा तल्लो पेट दुख्ने र महिनावारी निर्धारित समयभन्दा पछी वा छिटो हुने समस्या ठुलो समस्या नभएकाले चिन्ता नलिनपनि आग्रह गर्नुभयो । यो समस्या चिन्ता गरेकै कारण समयमै ब्रेनबाट हर्मन विकास नभएकाले यस्तो समस्या देखिएको बताईन् ।

भिडियोमा हेर्नुहोस्


Last Updated on: May 5th, 2021 at 1:53 am
७४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया