
दुई महिना अगाडी मात्र बिहे गरेका डा. सुदिप अर्यालले आखिर किन चाले यस्तो कदम ?
July 12, 2021 14
काठमाडौं। मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृ त अवस्थामा फेला पर्नुभएको छ । आज दिउँसो बुढानिलकण्ठस्थित एक होटलमा उहाँ मृ त फेला परेका हुन् ।
बबरमहलबाट अफिस जान्छु भनेर निस्किनुभएको उहाँ बुढानिलकण्ठस्थित होटलमा मृ त अवस्थामा फेला परेको सोही अस्पतालमा कार्यरत डा. बासु कार्कीले बताउनुभयो । डा. कार्कीका अनुसार त्रिवि शिक्षण अस्पतालबाट एमडी गरेका डा. अर्याल मानिसक अस्पतालमा कन्सल्टेन्ट थिए ।
भिम उपाध्ययको फेसबुक स्टाटस जस्ताको त्यस्तै :-
नेपाल सरकारका नवौँ तहका मानसिक रोग विशेषज्ञ डा. सुदीप अर्याल हिजो बुढानिलकण्ठको एउटा होटलमा आ’ त्मह त्या ग रे का छन्। दुई महिनाअघि मात्र विवाह गरेका उनको दुई महिना अघि बढुवा भएको थियो ।
उनले सयौँ व्यक्तिलाई आ’त्मह’ त्या गर्नबाट बचाउने गरी उपचार गरिसकेका छन्, तर दुर्भाग्य आफैलाई बचाउन सकेनन्। मानिसको मन जटिल हुन्छ। डा अर्यालका थुप्रै लेख रचनाहरू प्रकाशित भइसकेका छन् । बैकुण्ठबास होस्। –