बिहिबार १४ मंसिर २०८०

पोखरा- नेपालमा छाेटाे समयमा निकै चर्चामा कमाएकी मोडल हुन् अञ्जली अधिकारी। उनकाे अभिनय र सुन्दरताका कारण उनी प्रति दर्शक लोभिएका छन् । अञ्जलि गीत ‘बोल माया’ बाट सर्वाधिक चर्चामा आएकी हुन् छोटो समयमा उनले धेरै म्युजिक भिडियोमा अभिनय गरिसकिन तर बोल माया पछि चर्चित गीत ‘गलबन्दी’ बाट उनको चर्चा निकै माथि पुग्यो ।

उक्त गीतबाट उनको लुक्सको बारेमा सर्वत्र चर्चा भएको थियो । गीतमा लजाउँदै दिएको उनको प्रस्तुतीले धेरैको मन जित्यो । गलबन्दी पछि अञ्जली अभिनीत धेरै गीतले चर्चा पाए । त्यसपछि उनको म्युजिक भिडियोमा ब्यस्ताता पनि निकै बढेको छ ।

अञ्जली सामाजिक संजालमा पनि निकै सक्रिय रहन्छिन् । उनले समय समयमा शुटिङ जाँदा तथा घुमाघामका तस्बिर शेयर गरिरहन्छिन् । उनका ती तस्बिर निकै चर्चामा रहने गर्छन् । जहाँ उनका फ्यानले उनको सुन्दरताको निकै प्रशंसा गरिरहेका हुन्छन् ।


Last Updated on: July 13th, 2021 at 12:11 am
२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया