मंगलबार १२ मंसिर २०८०

काठमाडौं । विश्वका सर्वाधिक सफल व्यक्तिहरु आधिकारिक रुपमा कम पढेका हुन्छन् । यस्तै एक सफल व्यक्तिबारे आज हामी तपाईंलाई जानकारी गराउन गइरहेका छौँ ।

रणजित सिंह राजको कथा कुनै फिल्मको कहानीभन्दा कम छैन् । आफ्नो दृढ संकल्प र केहि गर्न को जोशका साथ उनी भारतको जयपुर देखि स्विजरल्यान्डको जेनेभा पुगेको कुरालाई लिएर आएका छौँ ।

एनआरआईफायरको एक रिपोर्ट अनुसार राजले बाल्यकालदेखि नै सामाजिक पूर्वाग्रहको सामना गर्नुपर्यो ।

उनको परिवार गरीब थियो, छालाका कारण पनि मानिसहरु उनलाई उडाउन खोज्थे । उनले सधैं दुनियाँको कुरा सहेर बस्नुपर्थ्यो ।

समाजमा रहेका व्यक्तिहरुको सो व्यवहारले उनलाई रीस उठायो । आज उनी जुक स्थानमा पुगेका छन्, उनी आफ्नो विगत सम्झेर भावुक हुन्छन् । कुनै समय जयपुरका सडकहरूमा घुम्ने राज आज स्विट्जरल्याण्डको जेनेभामा छन् ।

उनी त्यहाँको एक रेस्टुरेन्टमा काम गर्दछ, उनको सपना आफ्नै रेष्टुरेन्ट खोल्ने रहेको छ ।

उनले आफ्नै युट्यूब च्यानल चलाउँछन्, मानिसहरूलाई विभिन्न स्थानहरू देखाउँदछन् । राजले १६ वर्षको उमेरदेखि जयपुरमा अटोरिक्शा चलाउन सुरु गरेका थिए । उनले धेरै वर्षसम्म सोही काम गरिरहे ।

सन् २००८ को कुरा हो, जब धेरै अटो चालकहरू अंग्रेजी, फ्रान्सेली, स्पेनिश भाषामा कुरा गर्ने गर्थे र पर्यटकहरूलाई आकर्षित गर्थे । सो अवसरमा राजले अंग्रेजी सिक्न थाले । त्यस समयमा राजले एउटा पर्यटन व्यवसाय सुरु गरे । उनले विदेशी पर्यटकहरुलाई राजस्थानमा लैजाने काम गर्थे ।

सोही क्रममा उनले एक विदेशी महिलालाई भेटे । तिनै विदेशी महिलासँग उनको विवाह भयो । विवाहपछि १० कक्षा अनुर्तीण राजको जीवन पूरै बद्लियो । राज उनलाई गाईडको रूपमा जयपुर घुमाउथे, दुबै प्रेममा परे ।

त्यसपछि ति महिला फ्रान्स फर्किन् । उनीहरु स्काईपमा कुरा गर्न थाले । राजले फ्रान्स जान धेरै प्रयत्न गरे, तर हरेक पटक भिसा अस्वीकार भयो ।

जब उनकी प्रेमीका पुनः फ्रान्सबाट भारत आईन्, दुबै फ्रान्सेली दूतावास बाहिर धर्नामा बसे । दूतावासका अधिकारीहरूलाई भेटेर उनीहरूले ३ महिनाको फ्रेन्च पर्यटक भिसा पाउन सफल भएका थिए ।

ति महिला राजलाई लिनका लागि नै फ्रान्सबाट भारत आएकी थिईन् । सन् २०१४ मा, दुबैको बिहे भयो । उनीहरूको बच्चा पनि भयो ।

जब राजले दीर्घकालीन भिसाका लागि आवेदन दिए, उनलाई फ्रान्सेली भाषा सिक्न आग्रह गरियो । त्यसपछि उनले फ्रेन्च भाषा पनि सिके । उनी हाल जेनेभामा बस्दै आएका छन् ।

आफ्नै यूट्यूब च्यानल पनि चलाउँछन् । उनी घुम्छन् र आफ्ना बारेमा कुरा गर्दछन् । आफुले यस बीचमा धेरै कुराहरु सिकेको उनी बताउँछन् ।


Last Updated on: July 13th, 2021 at 6:40 pm
६३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया