
अभियान्ताको देउवालाई सुझाव: कुलमान घिसिङ लाई पुन: नियुक्ति गर्नुहोस
July 13, 2021 2
युवाहरु को मन मा आफ्नो छवि बनाउन सफल, बुद्धिजीवी तथा समाजसेवि गाजा अभियान्ता भिम उपाध्याय ले नेपालीको मन मा बस्न सफल नेपालका “लाईट म्यान” कुलमान घिसिङ लाई पुन: बिधुत्त प्राधिकरण मा ल्याएर आफ्नो पदको छबि उच्च राख्ने मौका आज पुन: पाँचौ पटक नवनियुक्त हुन लाग्नु भएका प्रधानमन्त्रीलाई रहेको बताउनु भएको छ।
प्रम शेरबहादुर ज्यू, सपथपछि पहिलो निर्णय कुलमान घिसिङलाई बोलाएर फेरि विद्युत प्राधिकरणको नेतृत्व लिएर सरकारलाई सहयोग गर्न अनुरोध गर्नुहोला। जनताको मन जित्न ठूल्ठूला कामहरू गर्नै पर्दैन। यस्तै ससाना कामहरूले हो जनप्रिय हुने।।
काठमाडौं । पाँचौपटक प्रधानमन्त्री बन्दै गरेका कांंग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई सुरुदेखि नै मन्त्री चयनमा सकस परेको छ ।
चार पक्षीय गठबन्धन र आन्तरिक समीकरणसमेत मिलाउनुपर्ने देउवालाई सुरुबाटै मन्त्री चयनका लागि दबाब परेको हो ।
देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश दिए लगत्तै मन्त्रीका लागि उनीमाथि पार्टीभित्रको आफ्नै पक्ष र अर्को पक्षबाट पनि मन्त्रीका लागि दबाब परेको हो ।
देउवालाई आफ्नै टिमबाट कसलाई मन्त्री बनाउने दबाब दबाब सुरुबाटै छ । यस अघिका सरकारमा जम्बो मन्त्रिमण्डल बनाएका देउवालाई यसटक त्यो छुट छैन ।