शुक्रबार १५ मंसिर २०८०

कपासको घोडा बनाएर उनीहरू बेच्न हिँडे। गाउँगाउँ डुल्न थाले। तर, एउटा पनि घोडा बिकेन। हिँड्दा`हिँड्दै उनीहरू राजाको दर|बारमा पुगे। ‘घोडा उड्न सक्छ’ भन्ने थाहा पाए|पछि राजाले आफ्नो छोराका लागि उनीहरू`सँग भएका सबै घोडा किन्यो।

गाउँमा सिकर्मी`हरूको मात्र बस्ती थियो। उनीहरू कहिले खटपल्क, कहिले खटिया, कहिले पहिया (काठको पांग्रा), कहिले फाटक ढोका बनाउँथे। आफ्ना यिनै उत्पादन बेचेर गुजारा चलाउँथे।

गाउँका सिकर्मी`मध्ये एकजना भने निकै अल्छी थियो। उसको एक मात्र काम थियो, दिनभरि सुत्नु। उसकी श्रीमती भने दिन`भर काममा खटिन्थी। ढिकीमा धान कु`ट्थी, भात पका`उँथी, मेला जान्थी। ऊ जहिले पनि काम गरिर`हेकी हुन्थी। उता श्रीमान् चाहि खाने र सुत्ने`बाहेक तेस्रो काम गर्दैनथ्यो। एक दिन होइन, दुई दिन होइन, हरेक दिन उसको यस्तो चाला देखेर श्रीमती`लाई खूब रिस उठ्थ्यो।

एक दिन सहि`नसक्नु भएर श्रीमतीले श्रीमान्को झाँ`को झारी। तथा`नाम भनी– ‘अरूका बूढा कति धेरै काम गर्छन्, बेलुका कुखुराको मा`सु ल्याएर मीठो–मीठो खान्छन्। यस`लाई हेर, दिनभरि सुत्नेबाहेक अरू काम छैन।

श्रीमतीको गा`लीमा पनि सिकर्मी रिसा`एन। बरु उसले हाँसेर भन्यो, ‘जा एक बोरा कपास लिएर आइज, म त्यसको उड्ने घोडा बनाइ`दिन्छु। बेच्न जाउँला। अनि, खाउँला रातो भाले`को मा`सुसँग भात।’

कपासको घोडा बनाएर उनीहरू लामो कडिँया डन्डीको दुई छेउमा झुण्ड्याएर बेच्न हिँडे। गाउँ`गाउँ डुल्न थाले। धेरै टाढा अन्जान ठाउँ`सम्म पुगे। तर, एउटा पनि घोडा बिकेन। हिँड्दा`हिँड्दै उनीहरू राजाको दरबारमा पुगे। ‘घोडा उड्न सक्छ’ भन्ने थाहा पाएपछि राजाले आफ्नो छोराका लागि उनीहरू`सँग भएका सबै घोडा किन्यो। सिकर्मी बूढा`बूढी एकदमै खुशी भए।

राजकुमार दिन`भरि ती घोडासँग खेल्न थाल्यो। खेल्दाखेल्दै आफैँसँग राजकुमार सोधिरहेको हुन्थ्यो, ‘यो घोडा कसरी उड्छ र’ सिकर्मीले उसको कुरा सुनेपछि ‘घोडा`लाई मैदानमा लगेर ‘हावासँगै मलाई उडाएर लैजा’ भन्नू यो आफैँ उड्नेछ’ भनेर मन्त्र सिकायो।

 


Last Updated on: July 14th, 2021 at 12:33 am
३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया