शनिबार २३ मंसिर २०८०

बागलुङ : कोरोना भाइरस (को’भिड १९)बाट ताराखोला गाउँपालिकाका एक महिलाको मृ’त्यु भएको छ। ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको उपचारका क्रममा मृ’त्यु भएको हो।

भण्डारीलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको र सोमबार राति धौलागिरी अस्पतालमा उपचारकै क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय बागलुङका को’भिड–१९ फोकल प’र्सन देवप्रकाश घिमिरेले जानकारी दिए। स्थानीय क्लि’निकबाट औ’षधि लिएर होम आइसोलेसन बसेका उनलाई श्वा’स प्र’श्वासमा धेरै नै गाह्रो भएपछि मात्रै गाउँपालिकाको को’भिड अस्पताल लगिएको थियो।

‘रु’घाखोकी कोरोना लक्षण देखिएपनि घरमै बसेर औ’षधी खाइरहनु भएको रहेछ,’ ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले भने, ‘को’भिड अस्पताल ल्याउँदा उहाँको अक्सिजन जम्मा ५० मा पुगिसकेको थियो, त्यसलाई बढाउन सकिन्छ भनेर प्रयास पनि गर्‍यौ, तर क’ठिन भएपछि तत्काल धौलागिरी अस्पताल रे’फर गरेर पठाएका हौँ।’

कोरोना संक्रमणको शि’कार बनेकी उनले दुवै चरणको कोरोना वि’रुद्धको खो’पसमेत लगाएको स्वास्थ्य शाखा प्रमुख थापाले बताए। खो’पले काम गरेको जस्तो नदेखिएको उनको भनाई छ। काठेखोला गाउँपालिका-३ ध’म्जा माइत भएकी उनले अ’न्तरजा’तिय विवाह गरेकी हुन्।

भण्डारी नेकपा माओवादी केन्द्रबाट ताराखोला वडा नम्बर ३ बाट वार्ड सदस्य हुँदै का’र्यपालिका सदस्य बनेकी थिइन्। उनी अखिल नेपाल महिला संघ क्रा’न्तिकारीको जिल्ला स’दस्यसमेत हुन्। योसँगै बागलुङमा मृ’त्यु हुनेको संख्या १३ पुगेको छ।

कुल १ हजार ३ सय ५ जना संक्रमित भइसकेको यस जिल्लामा हाल १ सय ९९ संक्रिय संक्रमित छन्। बागलुङ जिल्लामा तीव्रतर गतिमा कोरोना संक्रमण फै’लिएको भन्दै नेपाल सरकारले अति प्र’भावित जिल्लाको सूचीमा राखेको छ। कोरोना संक्रमण बढ्दै गएपछि आजदेखि बागलुङ नगरपालिकामा १० दिन ल’कडाउन गरिएको छ।

everestonline24


Last Updated on: May 6th, 2021 at 12:25 am
७०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया