आइतबार ०७ आश्विन २०८०

चर्चित बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीका विरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । मुम्बई प्रहरीको आधिकारिक ट्विटर ह्यान्डलमा यी दुइका विरुद्ध धारा १८८ अनुसार एफआइआर दर्ता गरिएको हो ।

यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीले सोधपुछ गरेको थियो । यी दुई कलाकार बाहिर निस्कनुको ठोस कारण केही पनि नपाएको मुम्बई प्रहरीले भारतीय मिडियालाई जानकारी दिएको छ ।

मुम्बइमा जुन १५ तारिखसम्म कफ्र्यू लगाइएको छ भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बाहिर निस्कने छुट रहेको छ ।

भारतीय मिडियाका अनुसार, मंगलबार जिम सकेर दिशा र टाइगर लामो ड्राइभमा निस्किएका थिए ।

टिकटकमा भाईरल ‘पानी पानी…’गित सफल हुनुको कारण यस्तो रहेछ: ज्याकलिनले खुलाइन् यस्तो रहस्य 

मुम्बई / यतिबेला टिकटकमा एउटा हिन्दी गीत अत्यन्त भाइरल छ ।भारतीय गायक बादशाह तथा गायिका आस्था गीलको स्वरको ‘पानी पानी…’ गीत अहिले यूट्युबको नेपाल ट्रेन्डिङमा समेत दोस्रो स्थानमा छ । तीन साताअघि यूट्यबुमार्फत सार्वजनिक भएको ३ मिनेट ११ सेकेण्ड लामो उक्त गीतले छोटो अवधिमै १७ करोड भन्दा बढी भ्यूज पाइसकेको छ ।

उक्त गीतलाई भाइरल बनाउने काम टिकटकले नै गरकेो हो भन्दा फरक पर्दैन । टिकटकमा लाखौं प्रयोगकर्ताले उक्त गीतमा टिकटक भिडियो बनाएर अपलोड गरिरहेका छन् । नेपालमा समेत सेलिब्रेटीदेखि लिएर सर्वसाधारणले समेत उक्त गीतको टिकटक बनाएर अपलोड गरिरहेका छन् । उक्त गीतको वास्तविक म्युजिक भिडियोमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले आकर्षक अभिनय तथा नृत्य गरेकी छिन् ।

भिडियोमा ज्याकलिनको आकर्षक लूक तथा स्टाइललाई सबैले खुलेर प्रशंसा गरेका छन् । उक्त गीतलाई राजस्थानको जेसलमेरस्थित उच्च तापक्रममा छायांकन गरिएको थियो । म्यूजिक सिंगल, गेन्दा फूलको सफलतापछि अभिनेत्री ज्याकलिनले पानी पानी गीतमा पनि संगीतकर्मी बादशाहसंग पुन: एकपटक सहकार्य गरेकी हुन् । यो गीत सार्वजनिक भए लगत्तै लोकप्रिय भयो ।

सार्वजनिक भएको केही दिनमै भातकै यूट्युब ट्रेन्डिङमा उक्लिएको उत्त: गीतको भिडियोसामाजिक सञ्जालमा यक्त गीतको लुकलाई रीक्रिएट गर्ने युवाहरुमा यसप्रति विशेष क्रेज रहेको छ । त्यहि कुरामा आभार व्यक्त गर्दै अभिनेत्री ज्याकलिनले पानी पानी गीतको प्रतिक्रिया अद्भुत रहेको बताएकी छिन् ।

उनले मानिसहरुले पोस्ट गरिरहेका सबै प्रतिक्रिया, कभर र डान्स भिडियो आफूलाई मन परेको बताएकी छिन् ।‘उनीहरुले यो गीलाई एउटा भिन्दै स्तरमा पुऱ्याइ दिएका छन्, उनको भनाइ छ । उनी भन्छिन्– ‘मैले पहिलो पटक जब यो गीत सुनेँ, त्यहि समयमा नै मैले यो गीत अति आकर्षक हुने र यसले निश्चित रुपले सबैको प्ले लिस्टमा स्थान बनाउँछ भन्ने मलाई लागेको थियो । बादशाह र म अब एउटा स्ट्रीकमा भएको मलाई लाग्छ, गेन्दा फूलपछि अहिले पानी पानी ।’

‘गीतको छायांकनको क्रममा उच्च तापक्रमका कारण सबैलाई गर्मीले सता’एको थियो तर गीतलाई उत्कृष्ट बनाउनु पर्छ भन्ने सोचले मैले र मेरो टीमले गर्मी र थकानको कुनै वास्ता नगरी लगातार काममा लागि रह्यौं, जसका कारण आज यो गीतले सफलताको शिखर चुमेको छ, उनले भनेकी छिन् ।ज्याकलिनलाई यो गीतको भिडियोमा देवी जस्तो देखाइएको छ, जसमा उनको म्याग्नेटिक एनर्जी गीतको मुख्य आकर्षण बनेको छ । सारेगामासंगको सहकार्यमा संगीतकमी बादशाहले नै यसलाई संगीतबद्ध तथा रचना गरेका हुन् । – हे’र्नुहोस भिडियो :-

 


Last Updated on: July 14th, 2021 at 12:58 am
२९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया