बिहिबार ११ आश्विन २०८०

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए आफ्नै प्रेमीले बोलाएपछि नजाने कुरै भएन । उनी गइन् । तर ति युवकको नियत भने अर्कै रहेछ । उनले एउटा कोठामा लैजान्छन् त्यहाँ अरु युवा पनि हुन्छन्

५ दिन सम्म उनलाई औषधी खुवाउँछन् । त्यसैले उनले आफु माथि के भयो भन्ने पनि थाहा पाएकी छैनन् अहिले उनका परिवारले ति युवकहरुबि’रुद्ध उजुरी दिएका छन् । ति युवतीलाई लगिएको ठाउँमा एक जना प्रहरी पनि थिए । उनका प्रेमीले फोन गरेर विवाह गर्ने भनेर बोलाए पछी आफु गएको ति बालिकाले बताएकी छन्।

परिवारका सदस्यले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सुरेश भन्ने प्रेमीले फोन गरेर बोलाएपछि आफु गएको बताएकी छन्। उनका बुवा आमा मजदुरी गरेर जिविका पाल्छन् उनी मामाघर बसेकी छन् । ति सुरेशले म तिमीलाई विवाह गर्छु भनेर बोलाएपछि उनी पुलमा गएकी थिइन्।

उही प्रेमीले एउटा कस्मेटिक कोठामा लिएर गए । उसको एउटा प्रहरी साथीसंग मिलेर औ’षधी ल्यायो । यो पेट दुखेको औषधी हो खाउ भनेर दिए । त्यो खाने बित्तिकै मैले केही पनि थाहा पाइन, उनले भनिन् । सुरुमा आफुले ३ जनालाई देखेको बताइन्।

कतिबेला आफुले थाहा पाउँदा अरु पनि आएको उनले बताइन् । कोठामा राखेको ५ दिनपछि उनीहरु आरामिल निर ल्याएर छोडिदिएको र त्यसबेला प्रहरीले आफुलाई फेला पारेको बताएकी छन् । उनलाई भदौ १४ गते बोलाएर लिएर गएका थिए । त्यसको ५ दिन पछि प्रहरीले उनलाई फेला पारेको हो।

भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ। नासिक म्युनिसिपल कर्पोरेशनले चलाएको अस्पतालमा उपचार गराइरहेका २२ जना कोरोना संक्रमितको अक्सिजनको कमीले बुधबार मृत्यु भएको आफन्तहरूले बताएका छन्।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बिरामीहरूलाई अक्सिजन दिइरहेको ट्यांक लिक हुँदा उनीहरूलाई अक्सिजन कमी भएको र उक्त घटनाको अनुसन्धान गर्ने बताएका छन्।

अक्सिजन ट्यांक लिक हुँदा झन्डै आधा घन्टासम्म अस्पतालमा अक्सिजन सप्लाई रोकिएको थियो। भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। कोरोनाबाट सबभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का दुई लाख ९५ हजार ४१ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि साढे २१ लाख नाघेको छ । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या एक करोड ५६ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ८२ हजार नाघेको छ ।

उत्तर प्रदेशमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् । कर्नाटकमा पनि २१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या १९ हजारभन्दा धेरै छ ।

भारतमा कोरोना संक्रमण बढेसँगै दिल्लीमा सोमबारदेखि एक साताको लागि लकडाउनको घोषणा गरिएको छ भने उत्तर प्रदेशले पनि साताको दुई दिन लकडाउनको घोषणा गरेको छ । त्यस्तै अन्य राज्यले पनि संक्रमण नियन्त्रणको लागि भन्दै सामाजिक गतिविधिमा कडाइ गरेका छन् । तर, संक्रमण भने नियन्त्रणमा आएको छैन ।

भारतमा अहिलेसम्म १३ करोड १ लाखभन्दा धेरै डोज कोरोना खोप दिइएको छ । कोरोना संक्रमणले फेरी भयानक रुप लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन नै यसको निवारण भएको प्रतिक्रिया दिएका छन् ।

यसैबीच भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, “सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।” यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

गान्धीले पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी र्‍यालीहरुमा सहभागी भएका थिए । उनले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्‍यालीहरूलाई दुई दिन पहिले स्थगित गरेका थिए ।

त्यस्तै भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता समेत रहेका सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ ।

उनलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार सङ्क्रमण भएको पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । “पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, त्यसैले उनलाई थप उपचारका लागि ‘एम्सको ट्रमा सेन्टर’मा भर्ना गरिएको छ,” एम्सद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ ।


Last Updated on: September 10th, 2021 at 3:12 am
९१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया